MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भयो : इरानी राष्ट्रपति

वैशाख ३ – इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको आरोप लगाउनुभएको छ । 

सिरियामाथि रासायनिक हमलाको आरोप लगाउँदै गरेको हवाइ हमलाको अमेरिकाले अन्तर्राष्ट्रिय जगतलाई चित्त बुभ्mदो जवाफ दिन नसकेको भन्दै रुहानीले आतंकवादीसँग उसको सम्बन्ध भएको आरोप लगाउनुभएको हो ।

इरानी राष्ट्रपति रुहानीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार टेलिफोन वार्ता गर्दै अन्तर्राष्ट्रिय कानुनविपरीत अमेरिकाले सिरियामा गरेको आक्रमणको कसरी जवाफ दिने भनी सल्लाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसक्रममा रुसी राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रले सिरियामा थप हवाई आक्रमणमा गरेमा अन्तर्राष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने चेतावनी दिनुभएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया