MENU

बातावरण-कृषि

आजको मौसम : साँझपख मेघगर्जनसहित पानी पर्ने

काठमाडौं, वैशाख ४ – उपत्यकासहित देशका विभिन्न भूभागमा केही सातादेखि मौसम बदली भइरहेको छ । प्रिमनसुनी समयमा यस्ता गतिविधि हुनु समान्य भएको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

विहान मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली पूर्वतिर सरेकाले पानी पर्न रोकिएको मौसमविद्ले बताएका छन् । अहिले मौसम खुले पनि दिउँसोपछि फेरि बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो ।

भारतको विहार आसपासमा बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले बिहान उपत्यकासहित मध्य र पूर्वमा पानी परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणाली पूर्वतिर सरेकाले अहिले पूर्वमा मेघगर्जनसहित पानी परिरहेको छ ।

पूर्वमा आज दिनभरी कै मौसम यस्तै रहने मौसमविद् सुवास रिमालको अनुमान छ । पश्चिमको मौसम भने आशिंक बदली हुनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया