MENU

समाज

कर्मचारी, बजेट र पाठ्यपुस्तक अभावमा विद्यार्थी भर्ना अभियान प्रभावित

महोत्तरी, वैशाख ४ – कर्मचारी, बजेट र पाठ्यपुस्तक अभावमा विद्यार्थी भर्ना अभियान प्रभावित हुने भएको छ । जिल्लाका स्थानीय तहका प्रमुखहरुले पाठ्यपुस्तक नआएको र कर्मचारी अभावमा बजेट ल्याउन नसक्दा भर्ना अभियान सञ्चालन गर्न समस्या भएको जानकारी दिएका छन् ।

लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवले कार्यालयमा लेखापाल र प्रशासकीय अधिकृत नै नरहेकोले ३७ करोड बजेटसँगै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न समस्या भएको बताउनुभयो ।

भंगहा नगरापालिकाका नगर प्रमुख संजिव साहले विद्यालयको कक्षा कोठामा फनिर्चर नहुँदा विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य भएकोले थप विद्यार्थी विद्यालय भर्ना गर्न समेत समस्या भएको बताउनुभयो । 

शिक्षा कार्यालयले स्थानीय तहसँग विद्यार्थी भर्ना अभियानकालागि शिक्षा कार्यालयले कुनै समन्वय नगरेको मटिहानिका मेयर हरि मण्डलले बतायनुभयो । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले शिक्षा कार्यालयबाट खटाइएका कर्मचारी नगरपालिकामा हाजिर हुन नआउँदा पनि विद्यालय भर्ना अभियान कसरी चलाउने भन्नेबारेमा अन्योल भएको बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया