MENU

समाज

प्रदेश ७ मा नेपाल टेलिकमको सेवा अवरुद्ध

विमल विष्ट/उज्यालो ।

डोटी, वैशाख ४ – प्रदेश ७ मा दुई दिनदेखि नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको  छ ।

बाँकेको कोहलपुरबाट ४ किलोमिटिर पश्चिममा अप्टिक्ल फाइबर काटिएपछि प्रदेश ७ मा टेलिफोन सेवा तथा एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमको दिपायलमा रहेको राजपुर कार्यालयले जानकारी दिएको छ ।

अप्टिकल फाइबर काटिएपछि टेलिकमका इन्टरनेट, प्रिपेड, पोष्टपेड, एडीएसएल र एसटीडी सेवा पूर्ण रुपमा अवरुद्ध भएका छन् । लोकल टेलिफोन सेवा भने संचालन भइरहेको छ । मोबाइल सेवा अवरुद्ध हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ ।

सेवा संचालन गर्न कोहलपुरबाट टेक्निकल टिम खटिसकेको भए पनि सेवा सुचारु हुन कति समय लाग्ने भन्ने विषयमा भने यकीन नभएको टेलिकम कार्यालय दिपायलले जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया