समाज
पूर्व ऊर्जा तथा गृहमन्त्री शर्मा बने टुहुरा बालबालिकाको अभिभावक
- Tuesday, Apr 17, 2018
- 09:51 AM ( 5 days ago )
- Total Views: 2.3 K
राजु लामिछाने/उज्यालो ।
रुकुम, वैशाख ४ – पूर्व ऊर्जा तथा गृहमन्त्री जनार्दन शर्माले १५ जना टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले रुकुमको आठबीसकोट नगरपालिकाको राडि बजारमा रहेका टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
रुकुमबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्व मन्त्री शर्माले उनीहरुलाई विद्यालय भर्ना गर्नुकासाथै विद्यालय पोशाकसमेत प्रदान गर्नुभएको छ । स्थानीय राडि बजारमा रहेको सिस्ने हिमाल बालगृह र दिपज्योति आधारभूत विद्यालयमा १५ जना बालबालिकालाई भर्ना गर्नु्भएको हो ।
संरक्षक विहीन बालबालिकाहरु नवराज बुढा, डिल्ली बुढामगर, किरण पुनमगर, खिमा ओली, शुसिला चनारा, पूर्णिमा शाहीको अभिभावकत्व शर्माले ग्रहण गर्नुभएको हो । त्यस्तै, हाँले अभिभावकत्व ग्रहण गरेका बालबालिकामा रीता सार्की, रोशनी विक, देविका विक, जितबहादुर घर्ति, रुपा विक, बिनीता सार्की, जीवन बटाला र तिलक बटाला रहेका छन् ।
विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पूर्व मन्त्री प्रभाकरले सबैलाई आग्रह गर्नुभयो । सरकारले विद्यालय बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने नीति लिएको भन्दै अभिभावकत्व ग्रहण गर्दै सरकारको यस अभियानलाई सफल पार्न उहाँले आग्रह गर्नुभएको छ ।
पछिल्लो समय संरक्षण विहिन बालबालिकाको संख्या बढ्दो रहेको र निजहरु शिक्षाको पहँुचमा पुग्न नसकेको भन्दै अभिभावकत्व ग्रहण गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन उहाँले अनुरोध गर्नुभयो ।
चुनावताका गरेका प्रतिबद्धता पुरा गर्ने बेला आएको र त्यही अनुसार लाग्न उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो । नेताबाटै विद्यालय भर्ना भई पढ्न पाउने भएका बालबालिकाहरु अब पढ्न पाउने आशामा खुशी देखिएका छन् ।
सम्बन्धित सामग्रीहरु
-
स्थानीय तहमा बेथिति : वडाध्यक्षहरु लाइसेन्सबिनै मोटरसाइकलमा सरर...
काठमाडाैं, वैशाख ८ – चालक अनुमतिपत्र अर्थात् लाइसेन्स नभई सवारीसाधन चलाउन नपाइने नियम सबैका लागि हो । तर, बर्दियाको ठाकुरबाबा नगरपालिकाका छ जना वडाअध्यक्ष लाइसेन्सबिनै मोटरसाइकल चलाइरहेका छन् ।
-
आज विश्व पृथ्वी दिवस मनाईँदै
काठमाडौं, वैशाख ९ – आज विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईँदैछ ।
-
डोटी जीप दुर्घटना (अपडेट) : थप दुई जनाको ज्यान गयो
डोटी, वैशाख ९ – डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
-
आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने
काठमाडौं, वैशाख ९ – आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ ।
-
दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गरिने
सिन्धुपाल्चाेक, वैशाख ९ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जाबाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ ।
-
आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर
काठमाडौं, वैशाख ९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
- स्थानीय तहमा बेथिति : वडाध्यक्षहरु लाइसेन्सबिनै मोटरसाइकलमा सरर...
- सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन सुरु
- आज विश्व पृथ्वी दिवस मनाईँदै
- डोटी जीप दुर्घटना (अपडेट) : थप दुई जनाको ज्यान गयो
- पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले संयुक्त सभा गर्दै
- इंग्लिस प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो
- उपत्यकामा औसतभन्दा धेरै वर्षा
- फेरि चम्किए गेल, कोलकाताको ‘निस्कियो तेल’
- आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने
प्रतिक्रिया दिनुहोस