MENU

राजनीति

एमाले–माअाेवादी एकता संयाेजन समितिकाे बैठक चल्दै

काठमाडाैं, वैशाख ४ – एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा बसिरहेकाे छ ।

बैठकमा पार्टी एकताको लागि बनेका कार्यदलको प्रतिवेदनलगायतका विषयमा छलफल भइरहेकाे छ। एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिले आ–आफ्ना प्रतिवेदन शीर्ष नेतालाई यसअघि नै प्रतिवेदन बुझाए पनि त्यसबारेमा शीर्ष नेताबीच छलफल भएको छैन ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य रहेका छन् ।

दुई पार्टीबीच आउँदो आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर एकता गर्ने निर्णय भए पनि एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, चुनाव चिह्न के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने बारेमा सहमति जुटेको छैन । आजको बैठकले नै आउँदो आइतबार पार्टी एकता सम्भव रहेको वा नरहेको विषय टुंग्याउने पनि एमाले निकट स्रोतले जनाएको छ ।

एमालेको साेमबार बसेको स्थायी कमिटी बैठकले माओवादीसँगको अविश्वास हटाएर ९ वैशाखमै पार्टी एकता घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको थियाे ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया