MENU

समाज

ujyaalo forign call inside

​नेपाली राजदूत र बहराइनका राजकुमारबिच दुई पक्षीय सम्बन्धका विषयमा छलफल

काठमाडौं, वैशाख ४ – बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका राजकुमार सलमान बिन हमाद अल खलिफाबीच दुई पक्षीय सम्बन्धलाई थप सुदृढीकरण गर्ने विषयमा छलफल भएको छ ।

मनामास्थित गुडैबिया दरबारमा भएको भेटका क्रममा बहराइन राजकुमार खलिफाले नेपालको अर्थतन्त्र र राजनीतिक अवस्थाबारे चासो देखाउनुभएको दूतावासले जनाएको छ । 

बहराइन र नेपालबीच भएको आर्थिक तथा वाणिज्य सम्बन्धलाई दुईपक्षीय हितमा अघि बढाउने, बहराइन र नेपालका निजी क्षेत्रबीचको सम्बन्धलाई सुधार गर्ने लगायतका विषयमा छलफल भएको थियो । श्रमिकको संरक्षण मिलेर काम गर्ने विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया