MENU

समाज

​रुकुममा भएको जीप दुर्घटनामा मेयरसहित ७ जना घाइते

रुकुम, वैशाख ४ – रुकुममा भएको गाडी दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयरसहित ७ जना घाइते भएका छन् । 

चौरजहारी नगरपालिका ५ को आबी लहरे सिमलमा रहेको विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्न गएकाहरु चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो । 

दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा,  वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको चौरजहारी अस्पत्तालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया