MENU

मनोरञ्जन

ujyaalo forign call inside

​दीपिका फेरि पूर्व प्रेमी रणवीरसँगै

वैशाख ४ – रणवीर कपुर उनकी पूर्व प्रेमीका दीपिका पादुकोणसँग एकचोटी फेरि सँगै देखिने भएका छन् । तर उनीहरु एकसाथ चलचित्रमा नभएर र्‍याम्प शोमा देखिने भएका हुन् । 

डिजाइनर मनिष मल्होत्रा यो खुराले खुशी छन् कि रणवीर र दीपिका मिजवान वेलफेयर सोसाइटीको सहयोगमा आयोजित उनको तहको सातौं संस्करणको लागि र्‍याम्प वाकमा उत्रनेछन् । 

यसअघि यो शो अप्रिल ९ गते हुने भनिएको थियो । तर रणवीर र दीपिकाको स्वास्थ्यका कारण शो स्थगित भएको थियो । अब १९ अप्रिलमा दुईटै एकसाथ स्टेजमा र्‍याम्प गरिरहेका देखिनेछन् । 

डिजाइनरले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै यो खबर सार्वजनिक गरेका हुन् । 

रणवीर र दीपिका लामो समयको प्रेम सम्बन्धपछि अलग भएका थिए । अहिले दीपिका रणवीर सिंहसँग प्रेम सम्बन्धमा छिन् भने रणवीर कपुर कट्रिना कैफसँगको ब्रेकअपपछि सिंगल छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया