MENU

समाज

खानेपानीको पाइपमा करेन्ट लागेर एक जनाको ज्यान गयो, ६ जना घाइते

धादिङ, वैशाख ४ – धादिङको थाक्रेमा बोरिङ गरेको खानेपानीको पाइप मिलाउन लाग्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

मंगलबार बिहान महेश खोलाबाट बोरिङ गरेर पानी ल्याउन खोज्दा करेन्ट लागेर घाइते भएकी झापाको ममई गाउँपालिका ८ की मिक्की तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार करेन्ट लागेर थाक्रे गाउँपालिका – ६ का धनबहादुर कार्की, नीरज कार्की, गोपी कुलु, सुरेश कुलु, माइली तामाङ र गौतम तामाङ घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको ट्रमा सेन्टर काठमाडौं र २ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । 

बोरिङ गरेर तानिएको पानीको पाइप मिलाउन लाग्दा हाइटेन्सन लाईनमा करेन्ट लागेपछि काम गर्नेहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया