MENU

खेल

खेल कोलकाताले जित्यो तर दिल्लीका ट्रेन्ट बोल्टले सबैलाई चकित पारे

वैशाख ४ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को १३औँ खेलमा सोमबार कोलकाता नाइटराडर्सले दिल्ली डेयरडेभिल्सलाई ७१ रनले हरायो । 

कोलकाताका बलर अगाडि दिल्लीका ब्याट्सम्यान टिक्न सकेनन् । दिल्ली १४ ओभर २ बलमा आफ्ना सबै विकेट गुमाउँदै मात्र १२९ रन जोड्न सफल भयो । कोलकाताको इडेन गार्डेनमा खेलेका ८ खेलमध्ये दिल्लीले ७ वटामा हार बेहोरेको छ । 

भलै खेल दिल्लीले हार्‍याे तर दिल्लीका बलर ट्रेन्ट बोल्टले सबैको मन मात्रै जितेनन्, यो आईपीएलमा रेकर्ड नै राखे । टस जितेर दिल्लीका कप्तान गौतम गम्भीरले पहिले बलिङ रोजेका थिए । गम्भीरले ओपनिङ बलरका रुपमा ट्रेन्ट बोल्टलाई जिम्मा दिए । बोल्टले कप्तान गम्भीरको निर्णयलाई सही सावित गर्दै पहिलो ओभर मेडन राखे । आईपीएल २०१८ मा १३ वटा खेल हुँदासम्म कुनै पनि बलरले मेडन ओभर राखेका थिएनन् । क्रिजमा कोलकाताका क्रिस लिन थिए, उनले ट्रेन्ट बोल्टको बलमा एक रन पनि बनाउन सकेनन् । टी–ट्वेन्टी  क्रिकेटमा मेडन ओभर राख्नु बलरको ठूलो सफलता मानिन्छ । 

कोलकाताले आफ्नो पारीको सुरुवात मेडन ओभरबाट गरेपनि अन्तमा २०० रनको विशाल स्कोर खडा गरेको थियो । कोलकाताका लागि नितिश राणाले सर्वाधिक ५९ रन बनाए । त्यस्तै क्रिस लिन ३१, रोबिन उथप्पा ३५ तथा आन्द्रे रसेल ४१ रनमा आउट भए । 

दिल्लीका लागि ऋषभ पन्तले ४३ तथा ग्लेन म्याक्सवेलले ४७ रन बनाए पनि दिल्लीका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया