MENU

अर्थ

शेयर बजार ३४ अंकले बढ्यो

काठमाडौं, वैशाख ४ – लघुवित्त र बीमा समूहका शेयरको भाउ उकालो लागेपछि शेयर बजार परिसूचक नेप्से मंगलबार झन्डै ३४ अंकले बढेको छ ।

मंगलबार नेप्से १३ सय ३१ दशमलव १८ बिन्दूमा पुगेको हो । मंगलबार १ सय ६६ कम्पनीका १९ लाख १० हजार कित्ता शेयर किनबेच भएका छन् । मंगलबार शेयर बजारमा ९६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो सोमबारको तुलनामा ३९ करोड बढी हो ।

मंगलबार सबैभन्दा बढी सूर्य लाइफ इन्स्योरेन्सको झन्डै ६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स र कुमारी बैंकको पनि तीन करोड माथिको शेयर किनबेच भएको छ ।

मंगलबार किनबेच भएका १ सय ६६ मध्ये १ सय ५३ ओटा कम्पनीको शेयर मूल्य बढेको छ । हप्ताको पहिलो दिन आइतबार सामान्य सुधार भएको नेप्से सोमबार १७ अंकले बढेको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया