MENU

समाज

ujyaalo forign call inside

​यूएन वुमेनको कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित

काठमाडौं, वैशाख ४ – लैंगिक समानता तथा महिला सशक्तिकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमेनको कार्यकारी बोर्डकाे सदस्यमा नेपाल निर्वाचित भएको छ । 

सन् २०१९देखि २०२१ सम्म नेपाल सदस्यमा निर्वाचित भएको राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । सन् २०१० मा संस्था स्थापना भएयता नेपाल पहिलो पटक बोर्ड सदस्यमा निर्वाचित भएको हो ।

एसिया–प्रशान्तक्षेत्रबाट नेपाल सहित बंगलादेश, भारत, मंगोलिया र साउदी अरेबिया पनि निर्वाचित भएका छन् । यस्तै आउने तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगका सदस्यमा पनि नेपाल निर्वाचित भएको नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया