MENU

समाज

घर बनाएर दशैंमा नेपाल फर्किने योजना बनाएका गणेशको युएईमा मृत्यु

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, वैशाख ४ – दशैं मनाउन नेपाल जाने योजना बनाएका झापाको धुलाबारीका गणेश श्रेष्ठको युएईमा मृत्यु भएको छ । उच्च रक्तचापका कारण मष्तिष्कमा रगत जमेर गणेशको मृत्यु भएको अस्पताल रिपोर्टमा उल्लेख छ । 

२९ वर्षिय गणेश दुबईको अलकुजमा रहेको सेक्युरिटास कम्पनीमा सुरक्षा गार्डको काम गर्नुहुन्थ्यो । गएको चैत १३ गते राती खाना खाएर आराम गरिरहेका बेला अचानक ठुलो स्वरमा चिच्चाएर उहाँ बेहोस हुनुभएको थियो । 

बेहोस अवस्थामा उहाँलाई कम्पनी र साथीभाइको सहयोगमा अल रशिद अस्पताल पुर्‍याइयो । तर आइसियुमा उपचार गराइरहेका गणेशको चैत २० मृत्यु भयो । 

 गणेश पाँच वर्षअघि युएई आउनुभएको थियो । युएई आएर कमाएको पैसाले उहाँले झापामा घर बनाउदै हुनुहुन्थ्यो । नयाँ बनाएको घरमा दशैं मनाउन नेपाल फर्किने योजना बनाएका गणेशको सपना अपुरै रह्यो ।

मंगलबार उहाँको शव नेपाल पठाइने गणेशसँगै काम गर्ने तनहुँका दिनेश श्रेष्ठले जानकारी दिनुभयो । गणेशको परिवारमा आमा र दुई दिदीबहिनी छन् ।
 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया