MENU

समाज

घुस लिँदालिँदै आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक अख्तियारको फन्दामा

काठमाडौं, वैशाख ४ – अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक, डाक्टर रामदेव यादवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ । 

आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको ३७ हजार घुससहित डाक्टर यादवलाइ पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यादवले विद्यार्थीसँग तालिम प्रयोजनको लागि घुस मागेको उजुरी परेपछि अख्तियारले उनलाई आयुर्वेद चिकित्सालय नरदेवीको सरकारी निवासबाट घुस सहित पक्राउ गरेको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया