MENU

समाज

​डोटीमा जीप दुर्घटना : ६ जना घाइते

डोटी, वैशाख ४ – डोटीको आदर्श गाउँपालिका–२, मा रहेको मौवा स्वास्थ्य चौकी नजिक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दीलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार दिपायलबाट मौवा मेल्लेकका लागि छुटेको ग १ ज ४९६५ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

जीप दुर्घटनामा परि घाइते हुनेहरुमा  आदर्श गाउँपालिका २ बस्ने २० वर्षीय योगेन्द्र बोहरा, १५ वर्षीय विनोद बोहरा, ६२ वर्षीय गगन ढोली,  ५१ वर्षीय देउसरा दमाई तथा २३ वर्षीय पूर्ण बिक रहेका छन् ।

घाइतेहरुको दिपायलको शैलेस्वरी अस्पतालमा उपचार भैरहेको छ र  दुई जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भरहेको अस्पतालका निर्देशक आईजंग कुँवरले बताउनु भयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया