MENU

विचार/अनुभूति

एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

दीपक गजुरेल

-विदेशी स्वार्थ र सञ्चालनमा हामी आफै नेपाल सिध्याउँदैछौँ ।

राणाविरूद्ध राजा र दलहरू मिलाइयो विदेशीद्वारा । अर्को चरणमा राजा विरूद्ध, कहिल्यै नमिल्ने, कांग्रेस र कम्युनिष्टको मिलाप गराइयो २०४६ मा । तीनै कांग्रेस र कम्युनिष्ट विरूद्ध अर्को कम्युनिष्ट उठाएर हिंसा गराइयो २०५२ देखि १० वर्षसम्म ।

अनि फेरि राजाको पालो आयो । हिंसा गरिराखेको, नेपाल, भारत र अमेरिकाले समेत आतंककारी भनेको, माओवादी र कांग्रेससहित संसदीय दलहरूलाई एक ठाउँ गाभेर राजा विरूद्ध ‘आन्दोलन’ गर्न १२ बुँदे दिल्ली सम्झौता गराइयो २०६२ मा ।

भारत सरकारको प्रत्यक्ष निर्देशनमा भएको त्यो सम्झौताले राजालाई एक्ल्याएर अन्ततस् नेपालबाट राजसंस्था नै समाप्त पार्यो । यस क्रममा एकपछि अर्को गर्दै हाम्रा सबै राष्ट्रिय संस्थाहरू कमजोर पारिए, समाप्त पारिए, हामीलाई नै हतियार बनाएर ।

लोकतन्त्रका नारा उरालेर राष्ट्रिय एकताको प्रतिक राजसंस्था समाप्त पारियो, सबै भन्दा पहिला । त्यसपछि प्रहरी, प्रशासन, व्यवस्थापिका, सेना, न्यायपालिका, राजनीतिक दलहरू, नेताहरू, संस्कृति, धर्म, परम्परा, सबैलाई कमजोर पारियो वा मासियो नै, केही गर्नै नसक्ने गरी, फेरि उठ्नै नसक्ने गरी ।

भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।

तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।

प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

–राजनीति शास्त्री दीपक गजुरेलको यो विश्लेषण नेपाल पोलिटी डट कमबाट लिइएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया