MENU

विचार/अनुभूति

ujyaalo forign call inside

भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?


रमेशप्रसाद गौतम 

भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ? भन्ने विषयमा खास बहस भएको र ध्यान गएको देखिंदैन । यसमा सरकार पटकपटक प्रभावकारी नीति अपनाउन चुकेको छ । 

अहिले पनि लगभग त्यस्तै छ । नारा भने नयाँ दिइएको छ, सार्वजनिक पद धारण गरेका व्यक्ति र शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने बाध्यता सिर्जना गर्न पनि खोजिएको छ । सरकारको यो उपाय कत्तिको प्रभावकारी हुन्छ ? त्यो हेर्न बाँकी छ ।  तर सरकार पहिला जिम्मेवार हुन जरुरी छ ।

अहिलेको समय र परिस्थिती हेरेर अघि बढ्न जरुरी छ । सामान्यतया सामुदायिक विद्यालय अहिले पनि पञ्चायतकालकै अवस्थामा छन् । शिक्षाका कर्मचारी र शिक्षकमा ‘सरकारी काम कहिले जाला घाम’ जस्तो मानसिकता अहिलेपनि हाबी छ । यो प्रवृत्तिमा सुधार र मानसिकतामा परिवर्तन नआएसम्म सामुदायिक विद्यालयको गुणस्तर सुध्रन सक्दैन । 

एउटा डाक्टरले लापरवाही गर्दा एक दुईजना बिरामीलाई मात्र असर गर्ला । तर एउटा शिक्षक र शिक्षाको व्यवस्थापनमा लागेका व्यक्तिको लापरवाहीले गर्दा हजारौं विद्यार्थीको भविष्य अन्धकारतर्फ जान्छ । अहिले भएको अवस्था पनि ठ्याक्कै यही हो । यसतर्फ केही व्यक्ति बाहेक कसैको ध्यान गएको छैन ।

कतिपयलाई परम्परागत जस्तो लाग्ला । गुरुकूल शिक्षा पद्धतिदेखि लिएर हाम्रो प्राचीन शिक्षासम्ममा जुन किसिमको लगनशिलता देखिन्थ्यो । अहिलको शिक्षा पद्धतिमा त्यति व्यावहारिकता पनि छैन । २०२८ सालमा जुन शिक्षा ऐन लागू भयो । त्यतिबेलादेखिका पाठ्यपुस्तकले प्रभाव पारेको देखिन्छ । मनमा कौतुहलता, भावुकता सिर्जना गरेको शिक्षालाई अहिले आलोचना मात्रै गरिन्छ । कही कतैपनि त्यसको ‘अपडेट’ हुन सकेन ।

अहिलेको हाम्रो सोच र प्रवृत्ति कस्तो देखियो भने ‘सेन्टिमेन्टल’ सिर्जना गर्ने शिक्षाले केही गर्दैन भन्ने छ । यसको काम छैन । गरी खाने शिक्षाको नारा दिएर शिक्षाका रवैयाले भन्ने त गरेका छन् । तर प्राविधिक, रोजगारी, व्यवसायिक शिक्षा दिनुपर्छ भन्ने सोचको विकासले मात्रै पुग्दैन । यो कतैबाट ‘गाइडेड’ भएर आएको हो । यसलाई बुझ्न आवश्यक छ ।

किनकी हाम्रो पाठ्यक्रममा केही नयाँ कुरा त घुसाइयो । तर त्यसक्रममा हाम्रो संस्कृति, हाम्रो भौगोलिक मुल्य मान्यता र वास्तविकता समेटिएको पाठ्यक्रमलाई  तोडमोड गरियो । अनि अहिले शिक्षामा राजनीति फस्टायो । जसको परिणामस्वरुप अहिले सार्वजनिक शिक्षा धराशयी अवस्थामा पुगेको छ ।

निजी विद्यालयको फेशन  

सामुदायिक विद्यालयको कमी कमजोरीको कारणले अहिले निजी विद्यालय फस्टाउदै गएका हुन् । यसमा दुई मत नहोला । निजी विद्यालयको फेसन बढ्नुका पछाडी सामुदायिक विद्यालयका कमजोरी केलाउन जरुरी छ । 

सरकारी नीति र रवैया लाद्ने जो व्यक्ति छन् । अर्थात सरकारी उच्च ओहोदामा रहेका व्यक्तिले नै सामुदायिक विद्यालयलाई चाँही राजनीतिक भर्ती केन्द्र र अखडा बनाउन चाहे । अनि शिक्षक र विद्यार्थीलाई कार्यकर्ता बनाउन थाले । यी दुई कारणले सामुदायिक शिक्षाको हालत यो अवस्थामा पुगेको हो । र वर्षेनी गुणस्तर खस्किदै गएको हो ।

तर यस्तो अवस्था आउँदा पनि सामुदायिक विद्यालय सुधार्ने र शिक्षाका खास मान्छेहरु सुध्रने छाँट कतै देखिंदैन । अब नीति निर्माताका रुपमा राजनीतिक दलबाट शिक्षामन्त्री आउँछन् । तर उनीहरु कसैले पनि सामुदायिक विद्यालयको कमजोर अवस्थाका बारेमा कहीँ कतै गम्भीर रुपमा चासो दिएका छैनन् । 

मन्त्री पदमा छउञ्जेल सामुदायिक विद्यालयका बारेमा भाषण गरेपनि व्यवहार आफ्नै दुनो सोझ्याउने मात्रै गरिरहेका छन् । देशका नागरिक र शिक्षाको सुधारका बारेमा उनीहरु कति पनि चिन्तित छैनन् । 

अहिले पनि भर्ना अभियानले विद्यार्थीको केही संख्या बढाउने सरकारको विश्वास देखिन्छ । तर सामुदायिक विद्यालयका गुणस्तरका बारेमा प्रभावकारी योजना देखिंदैन । जबसम्म सामुदायिक विद्यालयको गुणस्तर बढाएर विद्यार्थीको अभिावक र आकर्षण बढाउन सकिंदैन, तबसम्म शिक्षाका कुनै योजना लागू हुन सक्दैनन् ।

अर्को बुझ्नैपर्ने कुरा के हो भने निजी विद्यालयको जुन ‘फेसन’ समाजमा छ, त्यो फेसन मात्रै हो । यसको केही समय राम्रै होला । विद्यार्थीको आकर्षण होला । अंकमा उनीहरुले नतिजा पनि राम्रै दिइरहेका पनि होलान् । तर यसले क्रमशः विकृति पनि ल्याइरहेका छन् । 

अहिले जुन भर्ना शुल्क नै हजारौं, लाखौँ तोकिएको छ । यो एउटा विकृति हो । अर्को हामीले निजी विद्यालयमा छोराछोरी पढाउने भन्दैमा खररर अंग्रेजी बोल्न लगाउने मात्र होइन । सामाजिक र मानसिक रुपमा विद्यार्थी आत्मविश्वासी र बलियो बनाउन सक्नुपर्छ ।

जुन निजी विद्यालयले सकिरहेका छैनन् । सरकारी विद्यालयमा जति योग्य, शिक्षित र दक्ष शिक्षक छन । निजी विद्यालयमा छैनन् । यसले पनि शिक्षाको स्तर निर्धारण गर्छ । तर यसलाई गम्भीर रुपमा लिइएको छैन । 

चुरो कुरा भनेको सामुदायिक विद्यालयको कमजोरी देखाएर मात्रै निजी विद्यालय फस्टाएका हुन् । यी विद्यालय दीगो र देश विकासका लागि होइनन् । मात्रै व्यापारका लागि हो । यो किन भइरहेको छ ? भन्ने कुरा शिक्षाका सरोकारवालाले राम्रोसँग बुझ्न आवश्यक छ । 

अंग्रेजी माध्यमले मात्र विद्यार्थीको भविष्य बन्न सक्दैन । अनि कडा अनुशासन घेरामा राखेर विद्यार्थीलाई रटाएर पढाउँदैमा विद्यार्थीले गुणस्तर पाएको हुँदैन । यो त झन् बालबालिकामाथि अन्याय हो । केही अभिभावकलाई यसले राम्रो प्रभाव पारेपनि शिक्षा सुधार र गुणस्तरको वास्तविकता भने यो हुँदै होइन । 

सरकारी विद्यालयमा कम्तीमा नैतिक शिक्षा थियो । अहिले पनि केही छ । तर निजी विद्यालयमा त्यो छैन । नैतिक हराम शिक्षाले हाम्रो देश कहाँ पुग्छ ? पैसा पेलेर पढाइएका विद्यार्थीबाट देशले कसरी दक्ष जनशक्ति पाउँला ? यसतर्फ सरकारी निकायको ध्यान जान आवश्यक छ ।

कसरी सुधार्ने ? 

सामुदायिक विद्यालय सुधार्ने पहिलो कदम भनेको राजनीतिक दलका नेताहरुले आफ्नो प्रतिबद्धता पूरा गर्नु हो । नेताले विद्यालयलाई राजनीतिक क्रिडास्थलको रुपमा नहेर्ने, नबनाउने अनि कुनै शिक्षकलाई पनि आफ्नो दलको सदस्यता दिएर पार्टीको पछाडी नहिडाउने हो भने शिक्षामा धेरै कुरा सुधार्न सकिन्छ । यसको शुरुवात गर्न शिक्षामन्त्रीलाई चुनौती छ । 

( शिक्षाविद गौतमसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित) 

 

 

 

  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया