MENU

विचार/अनुभूति

ujyaalo forign call inside

संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

-आमोदवर्धन कौण्डिन्न्यायन

बालबालिका

बालबालिका भनेका कुनै पनि परिवार, समाज र राष्ट्रका तथा समग्र विश्वकै पनि भविष्य हुन् । बालबालिका¬हरूको उचित प्रकारको लालन पालनमा र सुसंस्कारसहितको शिक्षादीक्षामा नै यि सबैको उज्ज्वल भविष्य निहीत हुन्छ । 

तर आजको विविध समस्याबाट आक्रान्त भएको अशान्त वातावरणमा उचित शिक्षा र राम्रो संस्कारको अभावबाट नयाँ पुस्ताका युवाहरू दिग्भ्रान्त हुने, विदेशी विकृतिको देखासिखी गर्ने, विभिन्न दुव्र्यसनमा  कुलतमा) समेत पर्ने गरेका छन् । मनको र इन्द्रियको असंयम, आत्म¬तत्त्वको चेतनाको अभाव, तीव्र निराशा, अवसाद  डिप्रेसन) र अनुचित महत्वाकाङ्क्षा इत्यादि समस्याले पनि नयाँ पुस्तालाई विस्तारै आक्रान्त पार्दै लगेको देखिन्छ ।

सदाचारशिक्षाको खाँचो

हाम्रा देशमा चलेको–चलाइएको आधुनिक शिक्षा पद्धतिले केवल भौतिकतामा मात्र आधारित संस्कार दिइरहेकोे हुनाले हाम्रा बालबालिकाको सर्वाङ्गीण व्यक्तित्व विकास हुन सकेको देखिँदैन । मानवीय संवेदना, धार्मिक साँस्कृतिक र नैतिक मूल्य तथा मान्यता, सामाजिक कर्तव्यको बोध, विचारको गम्भीरता, संयम, आत्मविचार इत्यादिका दृष्टिले अहिले चलाइएको आधुनिक शिक्षा अपूर्ण र असफल देखिन्छ ।

त्यसैले आधुनिक परिस्थितिमा हाम्रा बाल¬बालिकाका निम्ति सु–संस्कार, सत्सङ्ग, सदाचार, अध्ययन र शिक्षाको अत्यन्त खाँचो छ । नयाँ पुस्तालाई सही बाटो देखाउनु अभिभावक¬हरूको कर्तव्य हो । केवल भौतिकतामा आधारित विचार र व्यवहारबाट विश्वलाई हुने हानी अब स्पष्ट भैसकेको छ । त्यसैले संसारका भाषाहरूमध्ये सबैभन्दा वैज्ञानिक भाषाका रूपमा प्रमाणित भएको संस्कृत भाषाको र यसमा रहेको धार्मिक–आध्यात्मिक–नैतिक विषयको शिक्षा पनि नयाँ पुस्ताका निम्ति अपरिहार्य भएको छ ।

वर्तमान समस्या

बालबालिकाहरूको प्रचलित शिक्षादीक्षामा अभिभावकहरूले धेरै ठूलो लगानी गरिरहेका छन् । तर १२ कक्षा उत्तीर्ण हुँदा–नहुँदै कैयौँ किशोर–किशोरी¬हरूमा विभिन्न समस्या¬हरू देखा पर्ने गरेका छन् ।

ती समस्याहरूमध्ये उचित–अनुचित जस्तो कुरामा पनि जिद्दी गर्ने, जिम्मेवारी लिन नचाहने अथवा नसक्ने, अभिभावकहरूको नियन्त्रणभन्दा बाहिर गई जाँड–रक्सी–चुरोटका साथै अन्य लागुपदार्थको दुर्व्यसनमा फस्ने, धार्मिक–साँस्कृतिक कार्यको र अध्यात्म विचारको महत्त्व नबुझ्ने, यौनदुराचारमा फस्ने, आपराधिक क्रियाकलापमा लाग्ने जस्ता समस्याहरू प्रमुख छन् । 

महङ्गा र राम्रा मानिएका विद्यालयहरूमा पढाए पनि आजका किशोर–किशोरी¬हरूमा यस्ता किसिमका समस्या¬हरू बढिरहेका छन् । तसर्थ विचारशील अभिभावक¬हरूले आफ्ना बालबालिकाका निम्ति सानै उमेरदेखि धार्मिक–सांस्कृतिक शिक्षा, चारित्रिक शिक्षा, नैतिक शिक्षा र सदाचार–शिक्षा दिनुका साथै सत्सङ्गको पनि नियमित रूपले व्यवस्था गर्न जरूरी भैसकेको छ । यसै तथ्यलाई मनन गरी यसका लागि आवश्यक बालपाठ्यपुस्तककोे व्यवस्था गर्न खोजिएको हो ।

स्वाद्ध्यायशालाकुटुम्बको क्रियाकलाप 

वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ । तनहुँमा आदिकवि भानुभक्त आचार्य जन्मेका कुलमा जन्मनु भएका संस्कृतका विशिष्ट विद्वान् शिवराज आचार्य कौण्डिन्न्यायन  वि.सं. १९९७–२०७४) ले काठमाडौंमा २०३६ सालमा बनाइएको आफ्नो घरको नाम स्वाद्ध्यायशाला राख्नुभएको थियो ।

स्वाध्यायशालाको अर्थ वेदको घर हो । उहाँले यसैका माध्यमले विविध धार्मिक, सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू चलाउनुभएको थियो । उहाँका धर्म, संस्कृति, दर्शन, भाषा, साहित्य इत्यादि विषयमा अनेक कृतिहरू प्रकाशित छन् । यसै स्वाद्ध्यायशाला¬कुटुम्बले केही समय अघि काठमाडौंमा संस्कृत–संस्कृति–अध्ययनकेन्द्र सञ्चालनमा ल्याएको हो ।

प्रशिक्षण–कार्यक्रम

बाल–बालि¬का¬का निम्ति विशेष धार्मिक सांस्कृतिक प्रशिक्षणको कार्यक्रम चलाउने आवश्यकता देखिन्छ । आठ वर्ष¬देखि चौध वर्षसम्मका बालबालिकालाई लक्षित गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरिएको छ । प्रशिक्षण–कार्यक्रम हिउँदे बिदामा, दसैँ–तिहारको बिदामा र अन्य समयमा पनि सञ्चालन गर्न अथवा गराउन सकिन्छ । विद्यालयहरूले पनि प्रस्तुत कार्यक्रमलाई अघि बढाउन सहयोग गर्ने अपेक्षा छ । 

अभिभावकहरूको रुची र प्रवृत्ति देखिएमा आठ–दस जनाका ससाना समूहलाई पनि प्रशिक्षण दिने व्यवस्था मिलाउन सकिन्छ । अभिभावकहरूको इच्छा अनुसार हप्ताको एक दिनका हिसाबले वर्षभरि नै पनि यो कार्यक्रम विभिन्न स्थानमा चलाउन सकिन्छ । 

प्रतिदिन डेढ–दुइ घण्टाका दरले कम्तीमा वार्षिक ३५–४० घण्टा दिइने यस्तो विशेष प्रशिक्षण लिन पाउने बालबालिकाहरू ज्ञानी, अनुशासित र सुसंस्कृत भएर निस्कने छन् भन्ने विश्वास लिइएको छ । विद्यालयहरूले पनि यस्ता पाठ्यपुस्तकका आधारमा प्रशिक्षण कार्यक्रम चलाउन सक्छन् ।

धार्मिक–साँस्कृतिक शिक्षाको पाठ्यपुस्तक

बालपाठ्यक्रमअनुसार सनातन धर्मसंस्कृति शिक्षा (भाग १) नामक पाठ्यपुस्तक तयार गरिएको छ । विद्यार्थी र अभिभावकहरूमा रुची जगाई पढ्न–पढाउन सकियोस् भनी यस पुस्तकलाई सरल भाषामा लेखिएको छ । यसमा नीतिकथाहरूको समावेश गरी बालबालिकाहरूलाई शिक्षाप्रद र रुचीपूर्ण बनाइएको छ ।

विभिन्न स्तोत्र र सूक्तिहरू अर्थसहित राखिएका छन् । संस्कृत सुभाषित र आयुर्वेदका नियम पनि अर्थसहित दिइएको छ । स्वास्थ्यकर खाना, राम्रा बानी,  विद्युत् र विद्युतीय उपकरणबाट हुने हानि जस्ता विषय पनि पाठ्यपुस्तकमा दिइएका छन् । सनातनधर्मका महत्त्वपूर्ण विषयहरूसँग परिचित बनाउने क्रममा नदीको महत्त्व, त्रिदेवता, मत्स्यावतार, तिथि, पक्ष, महिना, ऋतु आदिका बारेमा परिचय दिइएको छ ।

स्वास्थ्यरक्षाका निम्ति आवश्यक जरीबुटीका बारेमा व्यावहारिक जानकारी दिइएको छ । यसमा नेपाली र संस्कृत गणनाका साथै “प्रारम्भिक संस्कृत–भाषा–शिक्षा” पनि समाविष्ट गरिएको छ । संस्कृत सिक्न चाहनेका निम्ति पनि यो पाठ्यपुस्तक उपयोगी हुने देखिन्छ ।

संस्कृतभाषाको महत्त्व

संस्कृतभाषाको महत्त्व र आकर्षण विश्वभरि नै बढ्दै आएको छ । संस्कृतभाषा कला, साहित्य, व्याकरण, दर्शन, आयुर्वेद, ज्योतिष, नीति आदि विविध ज्ञानविज्ञानका विधाहरूसँग सम्बद्ध अपार ग्रन्थहरूको भण्डार भएको विश्वकै प्राचीन र अत्यन्त समृद्ध भाषा हो । नेपालीहरूको संस्कृत भाषासँग घनिष्ट सम्बन्ध रहेको छ । हाम्रो धर्म, संस्कृति, ज्ञान–विज्ञान, परम्परा, स्वाभिमान आदिका निम्ति संस्कृत भाषाको आवश्यकता सबैले अनुभव गरेकै विषय हो ।
 
बौद्धिक क्षमता बढाउन चाहने सबैले संस्कृत भाषा सिक्नु अनिवार्य छ । संस्कृतभाषाको ज्ञानले नेपाली साहित्य अध्ययन गर्न र नेपाली भाषा तथा  अन्य जुनसुकै भाषामा अभिव्यक्ति क्षमता बढाउन पनि सहयोग पुग्ने हुनालेसमेत संस्कृत भाषा सिक्नु उपयोगी हुन्छ ।

संस्कृत शिक्षाको सरल पाठ्यपुस्तक

संस्कृतको पठन–पाठनलाई आकर्षक र सरल रूपमा चलाउन सहयोग पुर्याउने उद्देश्यले सरल, व्यावहारिक र भाषावैज्ञानिक दृष्टिपूर्ण सचित्र संस्कृत–पाठ्यपुस्तकहरू १—३ भाग तयार गरी स्वाद्ध्यायशाला  ब्रह्मपुरी, हात्तिगौंडा, बुढानीलकण्ठ–६) ले प्रकाशित गरेको छ । यसबाट छोटो समयमा सजिलो पद्धतिले संस्कृत भाषा सिक्ने अवसर प्राप्त हुने देखिन्छ । 

संस्कृतभाषा सिक्न केवल कौमुदीका सूत्र रट्नुबाहेक अरू विकल्प छैन भन्ने धारणालाई संशोधन गरी आधुनिक भाषाशिक्षण–पद्धतिले पनि सजिलै संस्कृत सिक्न सकिने आधार प्रस्तुत गरेर यि पाठ्यपुस्तकहरूले संस्कृतको पढाइमा नौलो आयाम थपेका छन् । यिनमा संस्कृत भाषाको पढाइका क्रममा केही वर्ण र संयुक्ताक्षरहरू आ, ई, ऊ, ऋ, अनुस्वार, विसर्ग, ञ, व, श, ष, क्ष तथा ज्ञ यिनको उच्चारणमा हुने अशुद्धिलाई सच्च्याउने बाटो पनि देखाइएको छ । त्यसका निम्ति भूमिकामा एउटा तालिका नै दिइएको छ । क्रमिक रूपमा भाषिक ज्ञान बढाउँदै लैजाने यस पाठ्यपुस्तकमाला सुन्ने, बोल्ने, लेख्ने, पढ्ने चारै प्रकारका भाषिक क्षमताको विकास गर्ने उद्देश्यले लेखिएको छ ।
  
यस पाठयपुस्तकशृङ्खलामा नेपाली भाषासँग मिल्ने संस्कृत शब्दहरूको बढी प्रयोग गरिएको छ । पाठ्यपुस्तकहरूका आरम्भमा गणेश, सरस्वती, ब्रह्मा, विष्णु, महेश्वर, अग्नि, वायु, सूर्य देवताका स्तोत्रहरू राखिएका छन् । सात विभक्तिहरू, वर्तमान, भूत र भविष्य तीन कालहरू, सन्धिज्ञान, विशेषण–विशेष्य, सङ्ख्यावाचक शब्दहरू, क्त्वा, तुमुन्, तव्य, अनीय इत्यादि प्रत्यय लागेका शब्दहरूको प्रयोग आदिको अभ्यास गराइएको छ ।

प्रत्येक वाक्यका निम्ति चित्र समेत दिइएकाले विद्यार्थीहरूलाई पनि अर्थ बुझ्न कुनै कठिनाइ नहुने देखिन्छ । परिशिष्टमा शब्दरूपावली, धातुरूपावली दिइएको छ, जसको अभ्यास गर्नाले संस्कृतभाषा सजिलै सिक्न सकिन्छ । संस्कृत गणना (१ देखि १०० सम्म) र संस्कृत दुनोट, वार, तिथि, नक्षत्र, पक्ष, महिना, ऋतु, अयन, वर्ष, युग आदि व्यावहारिक ज्ञानका विषयहरू पनि समावेश गरिएकाले पुस्तक अझै उपयोगी भएको छ ।

व्यावहारिकं संस्कृतम् शीर्षकका यी पाठ्यपुस्तकहरू विद्यालयहरूमा आधारभूत तहमा संस्कृत पढाउन समावेश गर्न पनि सकिन्छन् । साथै घरेलु रूपमा पनि संस्कृत सिक्न–सिकाउन चाहने बालबालिका, युवा र प्रौढ सबै प्रकारका संस्कृतप्रेमीहरूलाई पनि यस पुस्तकमालाका यिनै तीन पुस्तकहरूले सहयोग पुर्‍याउन सक्ने देखिन्छ । चित्रहरू रङ्गीन नहुँदा यस्ता पुस्तक केटाकेटीका निम्ति आकर्षक बन्न भने सकेका छैनन् । नेपाली धर्म संस्कृति प्रेमीहरूको यसतर्पm ध्यान जान आवश्यक देखिन्छ ।

 (आमोदवर्धन कौण्डिन्न्यायन विशिष्ट संस्कृत विद्, भाषा, धर्म संस्कृतिविद् तथा लेखक हुन्)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युुनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

  • ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?

    मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया