MENU

खेल

ujyaalo forign call inside

​आईपीएलमा बुमराहभन्दा पनि किफायती बलर सन्दीप !

वैशाख ६ – उन्मुक्त चन्दको कप्तानीमा भारतले सन् २०१२ मा १९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

त्यस विश्वकपमा पञ्जाबको पटियालाका तीव्र गतिका बलर सन्दीप शर्मा स्विङ बलिङ गर्दै आफ्नो प्रतिभा देखाएका थिए । यसै प्रतियोगिताबाट सन्दीपको भाग्य चम्कियो ।

इन्डियन प्रिमियर लिग(आईपीएल) मा किंग्स इलाभेन पञ्जाबले उनलाई खेल्ने मौका दियो । पाँच वर्षसम्म पञ्जाबबाटै खेलेका सन्दीप अनुभवी बलरका रुपमा उदाइसकेका छन् । सन्दीपको त्यही अनुभव यस पटककको आईपीएलमा सनराइजर्स हैदराबादका लागि काम लाग्ने देखिएको छ । 

‘आईपीएलमा हरेक बलरलाई विकेट हात पार्नका लागि केही नयाँ गर्नुपर्छ’, भारतीय सञ्चारमाध्यम जागरणसँगको कुराकानीमा सन्दीपले भने, ‘जति नै सिकेँ भने पनि त्यो कम हुन्छ । म नक्कल बलमा जोड दिइरहेको छु ।’ भुवनेश्वर कुमारको ठाउँमा पछिल्लो खेलमा आएका सन्दीपले मुम्बई इन्डियन्सको दुई विकेट लिएका थिए । उनले २५ रन दिएर दुई विकेट लिएका थिए । 

बुमराहभन्दा पनि किफायती बलर

आईपीएलमा सन्दीप शर्माको बलिङ इकोनोमी रेट ७.७४ रहेको छ । मुम्बई इन्डियन्सका डेथ ओभर स्पेशलिस्ट बलर जसप्रीत बुमराहको इकोनोमी रेट ८.०४ रहेको छ । यस्तोमा सन्दीपलाई आईपीएलका किफायती बलरका रुपमा हेरिन्छ । 

निकै नै अनुभवी बलर भुवनेश्वरको टिममा रहेका २४ वर्षीय सन्दीप शर्माले सिनियर बलरहरुबाट धेरै कुरा सिक्दै आफूलाई निखार्दै लगेको बताउँछन् । 
२१ वर्षको उमेरमा टी–ट्वेन्टी प्रारुपमा भारतीय टिममा पदार्पण गरेका सन्दीप काँधमा चोट लागेका कारण झण्डै डेढ वर्ष क्रिकेटबाट टाढा भए । उनका अनुसार दुई वर्ष उनको करिअर खराब रह्यो । 

हैदराबादको दबदबा

यो पटकको आईपीएलमा उत्कृष्ट बलरहरुको समायोजन भएको टिमको रुपमा सनराइजर्स हैदराबाद रहेको छ । यसपटक हैदराबादले विरोधी टिमलाई १५० रनभन्दा तल नै रोकेको छ ।

सनराइजर्स हैदराबादका कप्तान केन विलियम्सनले सन्दीपको प्रशंसा गर्दै उनले उत्कृष्ट प्रदर्शन गरिरहेको बताए । त्यसो त केन आफै निकै कुटनीतिक कप्तानका रुपमा चिनिन्छन् । उनीसँग सबै प्रकारका ब्याट्सम्यानका लागि उपयुक्त बलर रहेका छन् ।

कोलकातासँगको पछिल्लो खेलमा केनले आन्द्रे रसेललाई चाँडै आउट गर्न चाहन्थे । बिली स्टेनलेकको एक ओभर बाँकी थियो, राशिद खानको दुई ओभर । यस्तोमा उनले बिलीलाई बलिङ गर्न दिए । उनले रसेललाई नौ रन दिएर पेभेलियन फर्काइदिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया