MENU

यो पनि समाचार

​एक कोसा केराको मूल्य एक लाख ३६ हजार !

वैशाख ८ – एउटा केराको बिल हजारौँ रुपैयाँ आयो भने तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? 

तपाईँलाई चक्कर लाग्न सक्छ । यस्तै घटना घटेको छ बेलायतको नोटिंघमकी एक महिलासँग । बेलायती अनलाइन सपिङ पोर्टल आस्डासँग बबी गाेर्डन नाम गरेकी एक महिलाले अनलाइन सामान अर्डर गरेकी थिइन् । उनले एक सय पाउण्डभन्दा कम मूल्य बराबरको सामान अर्डर गरेकी थिइन् ।

सामान अर्डर गरेअनुसार नै आयो तर बिल हेर्दा उनको होश नै उड्यो । नउडोस् पनि कसरी, एउटै केराको मूल्य ९ सय ३० पाउण्ड(झण्डै एक लाख ३६ हजार नेपाली रुपैयाँ) को बिल आएपछि । अनलाइन कम्पनी आस्डाले प्राविधिक गल्तीले गर्दा त्यसो हुन गएको भन्दै गोर्डनसँग माफी मागेको छ । अनलाइन कम्पनीले अाफूहरुकाे गल्ती अाैँल्याइदिएकाे भन्दै गाेर्डनलाई धन्यवाद समेत दिएकाे छ । 

बबी गोर्डनले ट्वीट गर्दै आफूलाई एउटा केराको मूल्य ९३० पाउण्ड लगाइएको बताएकी हुन् । जबकी बेलायतमा एउटा केराको मूल्य लगभग ११ पेन्स पर्दछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया