MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​स्याउ फुलेर सेताम्मे (फोटो फिचर)

नेत्र शाही/उज्यालो।

जुम्ला, वैशाख १ – जुम्लामा व्यवसायिक स्याउ खेती फष्टाउँदै गएको छ । डाँडा पाखामा पनि स्याउ रोप्ने होडबाजीले जुम्लामा स्याउ व्यवसाय फष्टाउँदै गएको छ ।

चैत–वैशाखको समयमा जुम्लाका बगैँचाहरु स्याउ तथा आरुको फूलले सेम्तामे भएका छन् । घरवरिपरी र डाँडापाखामा स्याउका फूलले ढकमक्क ढाकेको छ । पछि पनि किसानहरु बगैँचामा जान निकै रमाउछन् । उनीहरुलाई यो बेला फूल कसरी जोगाउने भन्ने चिन्ता पनि भइरहेको हुन्छ ।

यो समयदेखि नै हावाहुरी कम लागोस तथा फूल नझरोस भन्नका लागि किसानहरुले बुटाहरुलाई सपोर्ट दिने काठका भाटाहरु समेत उभ्याउने गर्दछन् । राम्रो मल जल तथा पानी पाएका स्याउका बिरुवाको फूल ठूलो चमकदार तथा ताजा हुने भएकाले मलजल, काँटछाँट राम्रो गरेका बिरुवाहरुले झनै प्रसस्त फूल दिने गरेको कृषि विज्ञहरुले बताएका छन् ।

यहाँका किसानहरुले भने फूल जस्तो लाग्छ त्यसै अनुसारको फल लाग्ने भन्दै फूल फुल्ने बेलामा स्याउका बोटबिरुवाको हेरचाह धेरै गर्ने गरेका छन् । केही जुम्ली किसानको स्याउ व्यवसायमा भने विज्ञहरुले निगरानी गरिरहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण स्याउ सुपरजोन कार्यालयले पनि स्याउ व्यवसाय आधुनिकिकरणका लागि जुम्लामा काम गर्दै आइरहेको छ । परियोजनाले कार्यक्षेत्रमा आधुनिक स्तरको विरुवा उत्पादनदेखि किसानलाई विभिन्न प्राविधिक ज्ञान दिलाउने गरेको परियोजनाका बरिष्ठ कृषि विकास अधिकृत टीकाराम शर्माले जानकारी दिनुभयो ।

सुपरजोनले आइतबार स्याउ व्यवसाय सम्बन्धी भइरहेका गतिविधिहरुको विषयमा स्थानीय सरकार र सरकोरवालाहरुलाई स्थलगत अवलोकन समेत गराएको थियो । जिल्ला समन्वय समितिका उपाध्यक्ष कार्मा बुढाले जसरी स्याउको फूलले शोभा बढाएको छ, त्यसै अनुसारको फल उत्पादन गर्ने विषयमा किसानहरुले थप मिहिनेत गर्नुपर्ने बताउनुभयो ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा सामूहिक रुपमा स्याउ खेती सुरु भइसकेकाले प्राविधिक सहयोग आवश्यक भएको बताउनुभयो । तातोपानीका स्याउ किसान मीनबहादुर बुढ्थापाले साना सिँचाइले यो वर्ष फूल अनुसारको फल लाग्ने बताउनुभयो ।

वैशाख महिनामा फूल लाग्नेदेखि जेठ, असारबाट फल सुरु हुने र भदौ महिनाको दोस्रो सातामा स्याउ परिपक्क भएपछि टिप्न मिल्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया