MENU

विचार/अनुभूति

ujyaalo forign call inside

भूकम्प गएपछि तपाईँलाई के राम्रो लाग्यो ?

– रुविना श्रेष्ठ

तीन वर्षअघि भूकम्प गएको बेला एउटा गैरसरकारी संस्थाको कार्यक्रम संयोजकका रुपमा काम गर्दै थिएँ । भूकम्पका कारण मैले संयोजन गरिरहेको बालमैत्री स्थानीय शासनसम्बन्धी परियोजना केही समय रोकिने भयो ।

दातृ संस्थाको प्राथमिकतामा पर्यो भूकम्पपछिको विपद व्यवस्थापनको कार्यक्रम । त्यति नै बेला सरकारले विभिन्न गैरसकारी संस्थासँग मिलेर पोष्ट डिजास्टर निड एसेसमेन्ट (पिडीएनए) अर्थात विपद् पछिको आवश्यकता आँकलन गर्ने भयो ।

सहजकर्ताहरु छनौट गरियो, त्यसमा म पनि परेँ । बालबालिका तथा किशोरकिशोरीका तत्कालका आवश्यकता के छन् ? राज्यकातर्फबाट वा विभिन्न संघसंस्थाहरुबाट के लैजानु आवश्यक छ लगायतबारे दुईवटा उमेर समूहसँग छुट्टाछुट्टै छलफल चलाउनुपर्ने । गैरसरकारी संस्थामा काम गर्दै गरे पनि मलाई यी संस्थाहरु खाली देखाउने काम मात्र गर्छन् उही रिपोर्ट बनाउनका लागि भन्ने लाग्थ्यो । 

तैपनि आफूले हेर्दै आएको कार्यक्रम रोकिएको र बालबालिकासँग बस्नु छलफल गर्नु उनीहरुको मनोभावना बुझ्न पाउने र भूकम्पपछिका ग्रामिण बस्तीहरु आफ्नै आँखाले देख्न पाउने लोभमा सहजीकरणका लागि ३ वटा जिल्ला जाने भइयो । ओखलढुंगा, रामेछाप र सिन्धुली ।  ती ठाउँमा जाँदा भूकम्पले भत्किएका घरहरु संरचनाहरु देख्दा जति मन पोल्थ्यो त्यो भन्दा धेरै हामीले जो बालबालिका तथा किशोरकिशोरीसँग कुरा गर्यौँ उनीहरुका कुराले पोल्थ्यो ।

भूकम्प जाँदा म कार्यक्रमकै सिलसिलामा वीरगन्जमा भएकाले कम्पनको महशुस धेरै गर्न पाइन । अरु धेरैसँगजस्तो मसँग त्यस्ता अविस्मरणीय क्षण भूकम्पको बेलाका छैनन् । तर पक्कैपनि भूकम्पका कारण नराम्रो मात्र भएन र धेरै राम्रा कुराहरु पनि भएका रहेछन् भन्ने भान मलाई अहिले पनि लागिरहन्छ । 

प्रसंग पिडीएनएको चल्दै थियो । बालबालिका तथा किशोरकिशोरीसँग छलफल चलाउन विभिन्न प्रश्नावलीहरु तयार पारिएका थिए । धेरै प्रश्न त मैले अहिले बिर्सिसकेँ । तर केही प्रश्नहरु अझै याद छन्, जुन प्रश्नबाट आएका जवाफहरुले मलाई  सँधै भन्नेगर्छ ‘हरेक नराम्रा घटनाहरुमा पनि केही न केही सकारात्मक कुरा जरुर हुन्छन्’ ।

‘तपाईँलाई भूकम्प गएपछि के कुरा राम्रो लाग्यो ?’ कस्तो वाहियात प्रश्न सोधेको तपाईँलाई लाग्न सक्छ । हो, मलाई पनि लागेको थियो कस्तो वाहियात प्रश्न । भूकम्पबाट पनि केही राम्रो भयो होला त ? यस्तो कुरा नि सोध्ने हो ? मलाई यो त्यतिबेलासम्म लागिरह्यो जतिबेलासम्म मैले ओखलढुंगाका ती अवोध बालबालिकाका कुरा सुनिन । ओखलढुंगाको टारकेराबारी हाम्रो पहिलो गन्तव्य थियो । मसहित अरु तीनजना साथीहरु थिए । दुईजना केटी थियौँ भने दुईजना केटा साथीहरु । छुट्टै उमेर र बालक र बालिकालाई छुट्टै छलफल चलाउनुपर्ने भएर यसरी समूह बनाएर पाठाइएको थियो ।

पहिलो सत्रमा हामीलाई लाग्दै थियो हामीले सोध्ने प्रश्नहरुले पक्कै पनि गाली खुवाउँछ । किनकी पहिलो प्रश्न नै भूकम्पको राम्रो कुरा के हो ? भनेर सोध्नुपर्ने । तर भयो त्यसको उल्टो । हामीले एकदम नसोचेको जवाफ पायौँ ।

हामीले जुन समूहमा छलफल लाएका थियौँ त्यो समूहमा केही दलित समुदायका बालबालिका पनि थिए । जवाफहरु फरक–फरक थिए । केही जवाफ यस्ता थिए जस्ले हामीलाई अवाक बनाए । ‘मैले पहिलो पटक बाहुनहरुसँग एउटै मेसमा बसेर खाना खाएँ मलाई राम्रो लाग्यो, भुइँचालो नगएको भए म कहिले उनीहरुसँग खान पाउन्नथेँ होला’ एकजना बहिनीको जवाफ थियो यो ।

हामी ठूला–ठूला कुरामा मात्र खुशी मिल्छ, ठूलै कुरा भए मात्र राम्रो नत्र नराम्रो भन्ने हाम्रो सोच हुन्छ तर बालबालिकाको ठाउँबाट सोच्दा त साँच्चै राम्रो कुरा त यो पो रहेछ भन्ने महशुस मैले त्यतिबेला गरेँ । 

यस्तै अवाक बनाउने जवाफ अर्की एक बालिकाको थियो । (३ वर्ष अघिको प्रसंग भएकाले नामहरु याद छैनन् ।) उनी उपल्लो समुदायकी छोरी । उनलाई आफ्ना सबै साथीहरुसँग खेल्न बस्न रमाइलो गर्न मन लाग्ने तर बुवाआमाले दलितसँग नखेल घर नजा भन्ने । तर भूकम्पपछि अवस्था फेरि सबै एउटै पाल मुनि बस्नुपर्यो । पालमुनी आफ्नो मिल्ने साथीसँग खाना खाएको सम्झिँदै फुरुङ्ग हुँदै उनले सुनाएको अझै याद छ, ‘भुइँचालोपछि त हामी एउटै पालमुनी बस्नुपर्यो कस्ले नबस भन्ने, हामीले त एउटै प्लेटमा भात पनि बाँडेर खायौँ।’

यस्तै, अर्को प्रंसग छ जसले मलाई चिमोटीरहन्छ । ओखलढुंगाको सदरमुकाममा छलफल थियो । एकजना लिम्बु थरकी बहिनी थिइन् । आमा ज्याला मजदुरीको काम गर्ने । उनलाई सधैं आमाले गाली गर्ने । काम बिगार्दा होस् वा नबिगार्दा आमाले ‘मर’ भन्दै कराउने । ‘आमा थाकेर आउनुहुन्थ्यो अनि गाली गर्नुहुन्थ्यो् होला, तर भूकम्पपछि त आमाले कहिल्यै मर भन्नुभएन ।’ उनका गाला आमाले दिएको मायाको रापले राता भए ।

यी बाहेक बालबालिका तथा किशोरकिशोरीले कहिले समय नदिने आमा बाले के खाइस्, कहाँ गइस, कहीँ जाँदा छिटो आइजो है रात पारेर नबस् भनेका कुराहरु राम्रो लागेको बताएका थिए । पानीको हाहाकार हुने ठाउँमा पानीको मुहान फुटेका, एउटै पालमुनी बस्दा पिकनिक मनाएको जस्तै भएको, भूकम्पको त्रास बिर्साउन रमाइलो गर्ने गरेका कुराहरु सुनाउँदा मसँगैकी साथी सन्जिता देवकोटा र म एक–अर्कामा मुखामुख गर्थ्याैँ। 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया