MENU

बातावरण-कृषि

ujyaalo forign call inside

चीनलाई उपहार दिने गैँडा आजदेखि नियन्त्रणमा लिइने

काठमाडौं, वैशाख १४ – नेपाल सरकारले चीन सरकारलाई उपहार दिन दुई जोडी गैँडा शनिबारदेखि नियन्त्रणमा लिने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र खोरिया मोहनबाट एक जोडी गैँडा नियन्त्रण लिन लागिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण साँझसम्ममा खोरिया मोहन क्षेत्रमा पुग्ने तयारी भइरहेको छ । गैँडा डार्ट गरेर ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने उहाँले बताउनुभयो ।

ढकालका अनुसार एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रण गरिने छ । गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्र्याक्टर, बोलेरो जीपलगायत सामग्रीसहित जनशक्ति परिचालन गरिँदैछ ।  वैशाख ७ गतेदेखि यो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी  थियो ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका ६ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको हो । ढकालका अनुसार अन्य दुईवटा गैँडामध्ये सौराहामा उद्धार गरी राखिएको एउटा भाले गैँडा र सुखीभार वा भिम्ले क्षेत्रबाट अर्काे गैँडा नियन्त्रण गरिने छ ।

सौराहामा राखिएको गैँडा लैजाने नलैजाने विषयमा टुंगो नलागेकाले चिनियाँ टोलीको चाहनाअनुसार गैँडा वा अर्काे सुखीभार क्षेत्रबाटै नियन्त्रण गरेर लगिने ढकालले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया