MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​चीन पठाउने गैँडा नियन्त्रण गरियो

चितवन, वैशाख १५ – नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडामध्ये एउटा भाले गैँडा शनिबार नियन्त्रणमा लिइएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि आज साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट गैँडा नियन्त्रणमा लिइएको हो । 

सुरुमा पोथी गैँडा नियन्त्रणमा लिने योजना भए पनि अनुकूल नभएपछि भाले गैँडा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । झण्डै दुई वर्षको गैँडा बेहोस बनाएर नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । 

नियन्त्रणमा लिइएको गैँडालाई निकुञ्जको बाटो हुँदै गाडीमा राखेर सौराहा लगिएको छ । सौराहामा रहेको पिट बुमा (खोर) मा गैँडालाई राखिनेछ । केही दिन खोरभित्रको खाडलमा राखेर गैँडाले खाना खान सहज भएपछि बुमामा छाडिने छ । झण्डै तीन महिना बुमामा राखेपछि गैँडा चीन पठाइनेछ । 

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैँडाको बासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैँडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनियाँ प्रतिनिधि पनि यसअघि नै आइसकेका छन् । 

२०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नुभएको थियो । –रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया