MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​दुर्छिममा मकै बीउ बिजन केन्द्र बन्ने

खोटाङ, वैशाख १७ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मामा मकै बीउ बिजन केन्द्र स्थापना हुने भएको छ ।

मकै तथा मकैको बीउ भण्डारण र वितरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङको आर्थिक सहयोगमा मकै बीउ केनद्र स्थापना हुन लागको हो ।

यसै आर्थिक वर्षभित्र निर्माण हुने बीउ केन्द्रको भवन हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले शिलान्यास गर्नु भएको हो । परियोजनाको २२ लाख अनुदान र कृषक समूहको १५ प्रतिशत गरी २५ लाखभन्दा बढीको लगानीमा मकै बीउ बिजन केन्द्र निर्माण गरिने मकै जोन सञ्चाकल समिति खोटाङका संयोजक दीपेन्द्र राईले बताउनुभयो ।

केन्द्रको भवन निर्माणका लागि स्थानीय विवालक्ष्मी राईले ७ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया