MENU

अर्थ

ujyaalo forign call inside

दुई वर्षभित्र रसुवा र नुवाकोटमा २२८ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं, वैशाख १७ – नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवा र नुवाकोटमा २२८.३ मेगावाटका आयोजनाको निर्माण भैरहेको छ ।

काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण आउँदो २ वर्षभित्र सम्पन्न हुने विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण धमाधम भइरहेको हो ।

भूकम्पपछि बाढीपहिरो र नाकाबन्दीले गर्दा सबै आयोजनाको निर्माण प्रभावित भएको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले  शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरी निर्माणाधिन आयोजनाको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्न निर्देशन दिएको छ ।

टोलीले यसका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएको छ भने ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजनास्थलमै निर्माणमा देखिएका समस्या र समाधानका उपायकाबारेमा छलफल गरेको थियो । मन्त्री पुनले भूकम्पछि तयार गरिएको नयाँ समय तालिका अनुसार आयोजनाको निर्माण जसरी पनि सक्न निर्देशन दिनुभयो । 

नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिशुली ३ ए को निर्माण वैशाख ०७६ (३० अप्रिल २०१९)भित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाले निर्माण गरिहेको त्रिशुली ३ ए–मातातिर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये स्थानीयको अवरोधका कारण पाँच टावरको काम नै सुरु गर्न नसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताउनुभयो ।

लागत समय बढ्न नदिन इञ्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी)लाई जिम्मा दिइरहेको छ ।

समुदायले निर्माणस्थल दिन नसक्दा, विद्युत गृह भूमिगत बनाउने वा सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्प लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएको थियो । अहिले ठेकेदार कम्पनीको काम गएको समयमाभन्दा सन्तोषजनक रहेको र तोकिएकको समय अगावै सक्ने गरी काम भइरहेको जोशीले बताउनुभयो । 

रसुवागढीको समग्र निर्माण  प्रगति ६० प्रतिशत छ । आयोजनाले ७६ साल पुस १५ देखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । आयोजनाका विद्युत जोड्नका लागि चिलिमे हव–त्रिसुली ३ बी प्रसारण लाइन हवको निर्माण हुनुपर्छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत खेर जान नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानीका लागि सटही प्रक्रिया ज्यादै झण्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गर्नुभयो । 

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमश: ७० र ६० प्रतिशत छ । सान्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताउनु भयो ।

प्रसारण लाइनको निर्माण गर्न सरकारी जग्गा र वन क्षेत्रको रुख काट्ने स्वीकृतिका लागि सरकारी प्रक्रिया अत्यन्त झण्झटिलो रहेको उहाँले जानकारी गराउनुभयो । आयोजनाले विद्युत गृहबाट चिलिमे हवसम्म १३२ केभीको ७ किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ । 

माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत प्राधिकरणले निर्माण गर्नु पर्ने चिलिमे हव–त्रिसूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढाउनु पर्ने रहेकोले त्यस प्रशारण लाइन निर्माण हुने अवधि जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण कार्य सक्ने गरी निर्माण कार्य अगाडि बढाइएको आयोजनाले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया