MENU

बातावरण-कृषि

ujyaalo forign call inside

यसरी मध्यरातमा ३ हजार केराको बोट ढाल्ने को होला ?

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, वैशाख १८ – मध्यरातमा केरा बगानमा छिरेर तीन हजारभन्दा बढी केराको बोट ढाल्ने को होला ? 

फलेका केरा मात्र होइन आसपासमा रहेका लहलाउँदो मकैसमेत काटिएको थियो । मंगलबार कालिका नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि र प्रहरी केराका बगान हेर्न र दोषीको खोजीमै व्यस्त रहेका थिए । 

सोमबार राति १२ जना कृषकका बगानभित्र रहेका ३ हजार एक सय केराको बोट र आसपासमा रहेका मकैका बोट काटेर ढालिदिएपछि प्रहरी दिनभरी त्यसैको खोजीमा लागेको थियो । तत्काल दोषी पत्ता लगाउन कृषकहरुले प्रहरीको सहायता मागेका थिए ।  

नचिनेका मान्छेको समूहले कृषकको केरा बगानमा प्रवेश गरी रातारात केरा ढालेको थाहा पाएपछि दोषीको खोजीमा लागेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी वासुदेव खतिवडाले बताउनुभयो । केरा नष्ट गर्ने समूहको तीव्र रुपमा खोजी भैरहेको बताउँदै उहाँले केही सूचना प्राप्त भएकोले संलग्नहरुलाई छिट्टै नियन्त्रणमा लिएर कारबाही गरिने बताउनुभयो ।

कालिका नगरपालिका –६, भटेनी नयाँ टोलमा स्थानीय १२ जना किसानले लगाएको केरा खेती नचिनेको मान्छेको समूहले सोमबार राति फाँडिदिएका हुन् । स्थानीय १२ किसानका ३१ सय बढी केरा काटेर नष्ट गरिएको र त्यसै ठाँउको मकैमा समेत क्षति पुर्याएको केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तले बताउनुभयो । केरा काटेर नोक्सान गर्नेहरु पत्ता लगाएर कारवाही गर्न प्रहरीमा उजुरी दिइएको पन्तले बताउनुभयो ।

कोपिला दाहालको सबैभन्दा धेरै १२ सय बोट नष्ट गरिएको छ । त्यस्तै शोभा भट्टको ६ सय बोट, झलक सुवेदीको ३ सय, नवराज धितालको १ सय ५०, शंकर अम्गाईको २ सय ५०, देवीप्रसाद गोतामेको ५०, धु्व आचार्यको ३५, गोपी लामिछानेको २ सय, गाेिवन्द दाहालको ५०, लिला पंगेनीको १ सय ५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा पूर्ण रुपमा नष्ट भएको छ ।

फलेका केरा काटेर केरा नष्ट गर्नु सूनियोजित घटना भएको भन्दै दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न किसानले माग गरेका छन् । केही दिनअघि मात्रै त्यस क्षेत्रबाट लागुपदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । 

एउटा बोटमा फलेको केरा बिक्री हुँदा किसानले पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । किसानहरुको १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अध्यक्ष पन्तले बताउनुभयो । पूर्वी चितवन केराका लागि विशेष क्षेत्र हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया