MENU

बातावरण-कृषि

ujyaalo forign call inside

अब नेपालमै रुखको पनि एक्स रे

गोपाल भण्डारी/उज्यालो ।

कपिलवस्तु, वैशाख २२ –रुखको खोक्रोपना पत्ता लगाउन नेपालमै पहिलोपटक रुखको एक्स रे गर्ने प्रविधि भित्र्याईएको छ ।

पिकस सोनिक टोमोग्राफ नामको यो पद्धतिलाई वन विभागको पहलमा जर्मनीको ह्याम्वर्ग विश्वविद्यालयका वन विज्ञले भित्र्याएका हुन् । विश्वविद्यालयका सिनियर रिसर्चर डा. प्रेमराज न्यौपानेको नेतृत्वमा थप दुईजना जर्मन वन विज्ञको टोलीले पहिलोपटक यो प्रविधीबाट कपिलवस्तुको तिलौराकोट साझेदारी वनका सालका पुृराना रुखमा रहेको खोक्रोपना र अन्य अवस्थाबारे अध्ययन शुरु गरेको हो ।

यो प्रविधीले रुखको भिडियो एक्स रे गरि रुखभित्रको अवस्था देखाईदिने डा. न्यौपानेले बताउनुभयो । यसले रुखको काण्ड कुहिने समस्या पहिचान गर्न पनि सजिलो हुने उहाँले बताउनुभयो । यो प्रविधिबाट देशका विभिन्न वन क्षेत्रमा शुरु गरिएको वैज्ञानिक वन व्यवस्थापनको काम थप व्यवस्थित गर्न सघाउ पुग्ने अपेक्षा गरिएको जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।

नेपालका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढेपनि यो प्रविधि कुनै वन क्षेत्रमा प्रयोग नभएको र यो प्रविधि नेपालमै पहिलो र नौलो रहेको जिल्ला वन अधिकृत भट्टले बताउनुभयो । कपिलबस्तुका विभिन्न साझेदारी वन क्षेत्रका झण्डै २ सय ५० वटा सालका रुखमा यो प्रविधिबाट अध्ययन गरिने तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश पाण्डेयले जानकारी दिनुभयो । 

जिल्लाका पाँचवटा साझेदारी वन क्षेत्रमा लागू गरिएको वैज्ञानिक वन व्यवस्थापनको काममा यो प्रविधिको प्रयोग गरी वन क्षेत्रको हैसियत सुधार गर्ने काममा ठूलो सघाउ पुग्ने सहायक वन अधिकृत मदनकुमार शाण्डिल्यले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया