MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​सरकारको ५ बर्षीय कृषी रणनीति : गाउँगाउँमा वैज्ञानिक, घरघरमै गाईभैंसी !

काठमाडौँ, बैशाख २३ – सरकारले गाउँगाउँमै कृषि वैज्ञानिक र घरघरमै पशुपालन कार्यक्रम अगाडी बढाउने दाबी सहितको कृषी रणनीति सार्वजनिक गरेको छ ।

 

कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको रुपान्तरणका लागि पञ्च बर्षिय मार्गचित्र सार्वजनिक गर्दै कृषिमन्त्री चक्रपाणी खनालले सिँचाई आयोजना निर्माण गरि कृषि उत्पादन बढाउने,  अन्नबाली र गाईबस्तुमा लाग्ने रोगको उपचारका लागि पशु अस्पताल सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।  

५८ बुँदे मार्गचित्रमा पशुमा कृत्रिम गर्भाधान बृद्धि गरेर पाँच बर्षभित्र उन्नत जातका गाईभैंसीको संख्या दोब्बर बनाउने योजनामा दाबी गरिएको छ । यस्तै, कृषि तथा पशुपंक्षी क्षेत्रको नीति तथा कानुनी सुधार, कृषिको अनुसन्धान, प्रविधि विकास र प्रसार, उत्पादन बृद्धि र बजारीकरण, सामाजिक सुरक्षा र रोजगार बृद्धि, खाद्य स्वच्छता र गुणस्तर प्रवद्र्धन लगायतका काम गरिने पनि उल्लेख छ । 

यस्तै भूमि व्यवस्थाको सुधार, सहकारी क्षेत्रको सुधार, सुशासन प्रवद्र्धन, अनुगमन र मूल्यांकन लगायतका काम गरिने कृषिमन्त्री खनालले मार्गचित्रमा उल्ल्लेख गर्नुभएको छ । 

मार्गचित्र अनुसार काम भए नभएको अनुगमन गर्न आफ्नै नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति र मार्गचित्र कार्यान्वयन, अनुगमन तथा सहजीकरण समिति गरी दुई समिति गठन गरेको मन्त्री खनालले जानकारी दिनुभयो ।  

मार्गचित्रका मुख्य कुरा  

कृषि तथा पशुपंक्षी क्षेत्रको नीतिगत सुधारका लागि प्रदेश सरकार र स्थानीय तहलाई कानुन निर्माण र क्षमता बृद्धिमा सहयोग गर्ने मार्गचित्रको २ नम्बर बुँदामा उल्लेख छ ।  यस्तै ३ नम्बर बुँदामा किसानका समस्या समाधान गर्ने उद्धेश्य राखेर स्थापना गरिएको किसान आयोगलाई स्थानीय तहसम्म लैजाने र कार्यादेश पुनरावलोकन गरिने बताइएको छ ।

रैथाने बाली प्रवद्र्धनको योजना, सिँचाईमा जोड ! 

यस्तै, मुख्य बाली धान, गहुँ, मकैमा बढ्दै गएको परनिर्भरता घटाउन ठुला सिँचाई आयोजनालाई प्राथमिकता दिने सरकारको योजना छ । यस्तै निकै कम खेती गरिने कोदो, जौ, उवा, फापर, चिनो कागुनो लगायतका स्थानीय बालीहरुको प्रवद्र्धनका लागि अर्को बर्षदेखि ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गर्ने योजना मन्त्रीले मार्गचित्रमा समेट्नु भएको । 

बढ्दो घर घडेरी निर्माणलाई व्यवस्थित गर्न र खेतीयोग्य जमीनको उपयोग गर्ने योजना कार्यान्वयन गर्न सरकारले भू उपयोग नीति ल्याउन विज्ञ समुह गठन गर्ने मार्गचित्रमा उल्लेख छ । 

पकेट क्षेत्रका रुपमा प्रदेश १ लाई चिया र अलैची खेती, प्रदेश ५ लाई कफी खेती, कर्णाली प्रदेशलाई जडीबुटी र सुगन्धित तेल तथा प्रदेश ७ लाई जैतुनको तेल उत्पादन क्षेत्रका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको मन्त्री खनालले बताउनुभयो । 

नार्कलाई विश्वविद्यालय बनाइने  

यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र वैज्ञानिकीकरणमा सहयोग पु¥याउदै आएको नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई अब विश्वविद्यालय बनाइने मार्गचित्रमा उल्लेख छ । 

‘कृषि उत्पादनका लागि गुणस्तरीय अध्ययन अनुसन्धानलाई टेवा दिन कृषि अनुसन्धान परिषद नार्कलाई विश्वविद्यालयका रुपमा विकास गरिने’ मार्गचित्रमा उल्लेख छ । 

यस्तै अब गाउँमै कृषि विज्ञ पुग्नेछन् भने अन्नबाली र गाईबस्तुमा रोग लागे उपचार गर्ने पशु अस्पताल पनि बनाइने कुरा पनि मार्गचित्रमा समेटिएको छ । ‘कृषि र पशु सेवा प्रसारको संरचनालाई पुनर्गठन गरी प्रदेश र स्थानीय तहको समन्वयमा कृषि विज्ञान केन्द्र, पशु अस्पताल र विज्ञ केन्द्रहरु स्थापना गरिनेछ’ मार्गचित्रको ६ नम्बर बुँदामा उल्लेख छ ।

कृषिमा आत्मनिर्भरता !

सातै प्रदेशका विभिन्न जिल्लामा ‘जोन’ र ‘सुपरजोन’ छुट्याएर कृषिको आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने उद्धेश्य बोेकेको प्रधानमन्त्री कृषि परियोजना अहिले दोश्रो बर्षमा चलिरहदा त्यति सफल भने हुन सकेको छैन् । 

अहिले पाँच बर्षीय स्थायी सरकारमा कृषिमन्त्रीको जिम्मेवारी लिएर आएका खनालले कृषि क्षेत्रलाई रोजगारमुखी, उत्पादन बृद्धि र आत्मनिर्भर बनाउने योजना सार्वजनिक गर्नुभएको हो । 

मार्गचित्र सार्वजनिक गर्नुभन्दा अगाडी कृषि क्षेत्रका सरोकारवाला निकाय, वैज्ञानिक र कर्मचारीसँग छलफल गरेका मन्त्री खनालले युवा किसानलाई अनुदान, कृषि उद्यमीलाई प्रोत्साहन र देशलाई खाद्य सुरक्षामा आत्मनिर्भर बनाउन कृषि कर्म र कर्मचारीको काम गराई शैली पनि परिवर्तन ल्याउने दाबी गर्नुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया