MENU

बातावरण-कृषि

ujyaalo forign call inside

भटमास फल्ने फाँटमा ईंटा खेती (३६० डिग्री भिडियो)

काठमाडौं, वैशाख २४ – ललितपुरको बुङमति नजिकैको डटिफाँटमा पहिले भटमास खेती हुन्थ्यो ।

अहिले यहाँ भटमास हुँदैन । भटमास खेती हुने ठाउँमा ६ महिना धान र बाँकी ६ महिना ईंटा उत्पादन हुन्छ । चारसय रोपनी क्षेत्रफलमा ईँटाभट्टा फैलिएको छ ।

नेपालका बिभिन्न जिल्ला र भारतबाट आएका झण्डै ९ सय मजदुरले यहाँ काम गर्छन् । मंसिरदेखि जेठसम्म काम गरेर उनीहरु घर फर्किन्छन् । ईंटा ओसार्न ५० वटा घोडा, खच्चड पनि राखिएका छन् ।

यहाँ दैनिक ६० हजार ईंटा उत्पादन हुन्छ । तपाईंले भिडियोको तल माथि दायाँ बायाँ जता मन लाग्यो त्यतै हेर्न सक्नुहुन्छ । त्यसको लागि मोबाइल डिभाइसमा औंलाको सहाराले भिडियोलाई आफूले चाहेको दिशामा सार्न सकिन्छ ।

कतिपय मोबाइल सेटलाई नै दायाँबायाँ घुमाएर पनि हेर्न सकिन्छ । कम्युटरमा भने माउसको सहायताले भिडियो दायाँबायाँ गर्न सकिन्छ । ३६० भिडियो हेर्नको लागि भीआर हेडसेट पनि प्रयोग गर्न सकिन्छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया