MENU

बातावरण-कृषि

ujyaalo forign call inside

किसानको पसिनामाथि असिना (तस्बिरसहित)

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन वैशाख २४ – आइतबार साँझको समयमा चलेको हावाहुरीसँगैको असिनापानीले वर्षभरीको किसानको मिहिनेत सखाप भएको छ ।

एउटै समयमा आएको हावाहुरी, पानी र असिनाले केरा खेती, मकै खेती, फलफूल तथा तरकारी नष्ट पारेको हो । चितवनको कालिका नगरपालिका क्षेत्रमा आइतबार आएको असिना पानीले ठूलो क्षति पुगेको छ । केराका बगान ९० प्रतिशत ढलेका छन् ।

ठाडो रहेको बोट पनि उत्पादन दिने अवस्थामा छैन । ४२ करोडभन्दा बढी मूल्य बराबरको केरा क्षति भएको केरा उत्पादनक संघका पूर्व अध्यक्ष यज्ञ सुवेदीले बताउनुभयो ।

केरामा अनेक क्षतिह ब्यहोर्दै आएका केरा किसनाले अहिलेसम्मकै ठूलो क्षति ब्यहोर्नु परेको बताएका छन् । कुनै समय हावाहुरी कारण केरामा क्षति पुगेको थियो तर यत्रो ठूलो क्षति अहिलेसम्म नभएको सुवेदीले बताउनुभयो ।

चितवनको पूर्वी क्षेत्रमा रहेको कालिका नगरपालिकामा रहेका केरा बगान ९० प्रतिशत क्षति भएको बताउदै उहाँले क्षतीको विवरण लिने काम भइरहेको जानकारी दिनुभयो ।

 

रत्ननगर नगरपालिका र राप्ती नगरपालिकामा समेत हावाहुरी र असिनाको प्रभाब बढी देखिएको छ । केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तका अनुसार जिल्लामा दुई हजार ६ सय ५० बिगाहामा केरा लगाइएको छ ।

आधाभन्दा बढी केरा नष्ट भएको बताउदै पन्तले सबैले बिमा नगरेका कारण व्यवसायी ठूलो मर्कामा परेको बताउनुभयो ।

चितवनमा गएको वर्ष १ अर्ब २० करोडको केरा बिक्रि गरिएको थियो । यस वर्ष केरा उत्पादन बढी हुने अपेक्षा गरिएको थियो । कालिका नगरपालिकामा मात्र ६ सय बिगाहभन्दा बढीमा केरा लगाइएको थियो । जिल्लामा ६ सय ३० जना  किसान केरा खेतीमा आवद्ध छन् ।

केरा मात्र होइन किसनाका मकैमा पनि ठूलो क्षति पुगेको छ । धान–जमरा आउन लागेको मकैका डाँठ मात्र बाँकी रहेको छ । कालिका नगरपालिका वडा नम्बर ६ को भटेनी, सिमलघारी, गरौचौर, जुटपानी, खोलेसिमल क्षेत्रमा रहेका खेतबारीमा यस वर्ष मकैको उत्पानद शुन्य हुने भएको छ ।

कालिका नगरपालिका–६, जुटपानीका किसान चुडामणि न्यौपानेले बारीमा फल्दै गरेका तरकारी, मकै सबै सखाप भएको बताउनुभयो ।

असिना–पानीसँगै आएको हावाहुरीले किसनाका घर–गोठ समेत उडाएको छ । चितवनमा हावाहुरीले रुख ढल्दा दुई जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया