MENU

अर्थ

ujyaalo forign call inside

नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने

काठमाडौं, वैशाख २४ – स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धान लगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने भएको छ । 

सोमबार एक समारोहकाबीच द्विपक्षीय सम्झौतामा नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डाक्टर नितेश कनौडियाले हस्ताक्षर गर्नुभयो ।

नेपाल मेडिसिटी अस्पताल र नेपालञ्ंज मेडिकल कलेजबीचको सहकार्यले पश्चिम नेपालमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवाबाट बिरामीहरुले लाभ पाउने नेपाल मेडिसिटी अस्पतालका भाइस प्रेसिडेन्ट अनिल ओडुविलले बताउनुभयो । विशेष गरी हेली इमरजेन्सी सेवा, मुटु रोग, क्रिटिकल केयर सेवामा दुवै संस्थाले सहकार्य गर्ने उहाँंले बताउनुभयो ।

नेपालगञ्जलाई केन्द्रबिन्दु बनाएर त्यसक्षेत्रका अस्पतालहरुलाई समेट्दै रेफरल प्रणालीको विकास गरी विरामीहरुलाई छिटोछरितो सेवा दिन आफूहरु लागि परिरहेको नेपाल मेडिसिटी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर राज राणाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डाक्टर नितेश कनौडियाले नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको मेडिकल कलेज २० वर्ष अगाडि पश्चिम नेपालमा ठूलो चुनौतिका साथ आफूहरुले सुरु गरेको बताउँदै अहिले आफूले गुणस्तरीय स्वास्थ्यकर्मी तथा सुलभ स्वास्थ्य सेवा पश्चिम नेपालमा पुर्याइरहेको बताउनुभयो ।

चिकित्सा सेवामा दक्ष जनशक्ति र त्यही अनुसारको प्रविधिहरुको समायोजन गरी उच्चस्तरको सेवा पुर्याउन नेपालमा अझ पनि चुनौति रहेको र त्यसका लागि आफूहरुले नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरेको डा. कनौडियाले बताउनुभयो ।

नेपालको भौगोलिक अवस्थाको कारणले स्वास्थ्य सेवालाई सबै जनताहरुको बीचमा सहजताका साथ लैजान विभिन्न अवरोधहरु भए पनि यसप्रकारको सहकार्यले बिरामीहरुलाई राहत पुग्ने नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।

नेपालबाट बर्सेनी २ लाखको हाराहारीमा नेपालीहरु उपचारका लागि भारत लगायतका देशहरु गईरहेको अवस्थामा अब नेपालीहरुलाई उपचारको लागि विदेश जानु पर्दैन भन्ने उद्देश्यका साथ नेपाल मेडिसिटी अस्पतालले सेवा प्रदान गरिरहेको बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया