MENU

बातावरण-कृषि

ujyaalo forign call inside

नेपाली चिया निर्यातमा भारतीय पक्षको अवरोध

सुजता सुनुवार/उज्यालो ।

इलाम , वैशाख २६ – नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध पुर्‍याएका छन् । विक्रीका लागि पानीट्यांकीसम्म पुर्‍याइएका तयारी चिया  ‘नमुना परीक्षण गराउन’ भन्दै एक हप्ता अघिबाट रोकेर राखेको उद्योगीहरूले बताएका छन् ।

भारत र तेस्रो मुलुक पठाइने तयारी चिया भारतीय कस्टममै रोकेपछि चिया नष्ट हुने खतरा बढेको छ । 

मेचीका ४३ उद्योगबाट संकलन गरेर लगेको तयारी चिया कोलकातामा रहेको सेन्ट्रल फुड ल्याबमा नमुना परीक्षण गराएर मात्र आयात गर्न दिने भन्दै भारतीय पक्षले तयारी चिया विक्रीमा रोक लगाएको हो । 

इलामको सूर्याेदय नगरपालिकाको सुन्दरपानीमा रहेकाे गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भन्नुभयो ‘नेपालमा उत्पादित ५५ लाख अर्थोडक्स चियाको ८० प्रतिशत बजार भारत नै हो ।’

तेस्रो मुलुकमा पुग्न समेत भारतकै बाटो भएर जाने भएकाले भारतीय कस्टमले चिया रोकेपछि सम्पूर्ण उद्यमीहरु मारमा परेका छन् ।  चापागाईँले भन्नुभयो, ‘अर्थोडक्स चिया प्याक गरेर घामपानीमा राख्दा चाँडै विग्रने भएकाले छ हजार तयारी चिया नेपाल भन्सारमा नै राखेको छु ।’

चियामा भएको अवरोधबारे वाणिज्य मन्त्रालयमा जानकारी गराइएको भए पनि अहिलेसम्म अवरोध हटेको छैन ।  नेपाली तयारी चियाको लोगो लागू भएको र तेस्रो मुलुकमा नेपाली चियाको माग बढ्दै गएपछि निर्यातमा भारतले झन्झटिलो प्रावधान ल्याएको छ । यसले गर्दा व्यवसायीहरु निरास बनेका छन् । 

भारतीय कस्टमले अहिले नेपालको तयारी चिया लिएर त्यहाँ पुगेका प्रत्येक गाडीबाट आफैँ नमुना लिएर कोलकातामा परीक्षण गराउन थालेको छ । परीक्षणको रिपोर्ट आएपछि मात्रै ट्रक छिर्न दिने भारतको पछिल्लो कदमले नेपाली उद्यमीलाई समस्या भएको चापागाईँले बताउनु भयो  ।

‘यसअघि एकपटक नमुना परीक्षणको रिपोर्ट आएपछि ६ महिनासम्म चिया पठाउन पाइने सुविधा थियो । भारतले विभिन्न समयमा अदुवा, अलैंची अम्लिसोलगायतका नगदेबाली आयातमा अघोषित प्रतिबन्ध गरिरहेको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया