MENU

बातावरण-कृषि

ujyaalo forign call inside

हरियो चियाको लागत मूल्य तोकियो, किसान ढुक्क

सुजता सुनुवा/उज्यालो ।

इलाम, वैशाख २६ – इलाममा उत्पादित हरियो चियापत्तिको लागत मूल्य निर्धारण गरिएको छ । जिल्लाको सुर्योदय नगरपालिकामा चियासम्बन्धी विभिन्न तथ्याङ्क संकलन गरी हरियो चियाको लागत मूल्य निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । 

उन्नति समावेशी परियोजना अन्तर्गत चिया विस्तार योजना फिक्कलको प्राविधिक सहयोगमा लागत मूल्य निर्धारणको लागि दुई महिनासम्म अध्ययन गरी तथ्याङ्कहरु संकलन गरेको थियो ।

तथ्याङ्ककको आधारमा नगरपालिकाले हरियो चियाको लागत मूल्य ३७ रुपैयाँ ३१ पैसा निर्धारण गरेको नगरपालिका प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो  । उहाँले भन्नु भयो, ‘किसानले उत्पादन गर्ने चियाको मूल्य छिटो – छिटो घटबढ भइरहने भएकाले किसान र उद्योगी दुवैको हित हुने गरी लागत मूल्य निर्धारण गरिएको हो ।’ 

किसानले कुन मापदण्डको चिया टिपाई गर्ने र कारखानाले कस्तो चियापत्ति लिने भन्ने मापदण्ड बनाउने विद्युतको नियमितताबारे भने थप छलफल गरिने छ । 

नगरपालिकाको आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा चिया विस्तार योजना फिक्कलका प्रतिनिधि, चिया उत्पादक सहकारी संस्थाका प्रतिनिधिहरु, ठूला तथा साना चिया उद्योगका प्रतिनिधि स्वतन्त्र चिया विज्ञ जिल्ला चिया उत्पादक सहकारी संस्थाका प्रतिनिधिलगायतको सहभागितामा २ महिना लगाएर लागत मूल्यको अध्ययन गरिएको थियो ।

विद्युत अनियमितताको कारण उद्योग सञ्चालनमा समस्या भएको चिया उद्योगीहरुको गुनासो छ । विद्युत क्षमता विस्तारको काम भइरहेको छ । नियमित वितरण गर्न के गर्न सकिन्छ भन्नेबारेमा बुधबार विद्युत प्रधिकरणसँग छलफल गरिने नगरपालिकाले जनाएको छ  ।

जिल्लाको सबै भन्दा ठूलो नगरपालिका सुर्योदयका सबै वडामा चिया खेती हुदै आएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया