MENU

अर्थ

ujyaalo forign call inside

​तीन वर्षभित्र देश बिजुलीमा आत्मनिर्भर हुने (भिडियो)

काठमाडौं, वैशाख २६ – सरकारले आउँदो तीन वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ । 

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयको भावी मार्गचित्रमा ३ वर्षभित्र देशलाई विद्युतमा आत्मनिर्भर बनाउने उल्लेख गरिएको हो ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विपन्न वर्गलाई निःशुल्क इनर्जी मिटर जडान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री पुनले विद्युत प्रशारण लाइन, सञ्चार पूर्वाधार एवम् राजमार्ग तथा सडकलाई एकीकृत करिडोरको अवधारणा अनुरुप अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मार्ग चित्रमा सिंचाइ क्षेत्रको विकासका लागि सिंचित कृषि क्षेत्रको अभिवृद्धिमा जोड दिने उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको भावी मार्गचित्रमा आगामी १० वर्षलाई उर्जा दशकको रुपमा अघि बढाउने योजना पनि अघि सारिएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया