MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​हावाहुरीले वृद्धको मृत्यु, जस्ता र टायलका घरका छाना उडायो

सिरहा, वैशाख २६ – बुधबार बिहानीपख आएको  हावाहुरी र वर्षाले सिरहाको विभिन्न गाँउ, टोलमा ठूलो क्षति पुगेको छ ।

हावाहुरीको बेला गाउँनजिकैको घुर्मिखोलामा शौच गर्न गएको बेला मिर्चैया नगरपालिका–१०, पिपराका ७७ वर्षका सगुनी महतोको ज्यान गएको छ । बिहानीपख दिसा गर्न गएका उनको एक्कासी आएको तिव्रगतिको हावाहुरीका कारण ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । प्रहरीका अनुसार हुरीबत्तासले धेरै नागरिक घाइते  भएका छन् ।

 

बुधबार बिहान करिब ४ बजे आएको हावाहुरीले ठूलो मात्रामा घरहरुमा क्षति पुगेको पनि प्रहरीले जनाएको छ । हावाहुरीले ठूलो संख्यामा जस्ता तथा माटोको टायलहरु उडाएर क्षति पुर्याएको जनाएको छ । घरका छाना उडाएपछि स्थानीयबासिन्दा मर्कामा परेका छन् ।

धेरैको घरमा क्षति पुगेकोले मर्मत गर्ने कामदार नपाउँदा उनीहरु भmन ठूलो समस्यामा परेको गोलबजार नपा–४, का दुखि महराले दुखेसो पोख्नुभयो । ‘हावाहुरीले घरका सबै टायल उडाएर लग्यो, मर्मत गर्ने प्राविधिक पनि भेटिएको छैन’, उहाँले भन्नुभयो, ‘अब पानी परे झन ठूलो विजोग हुन्छ ।’ 

नेपाल विद्युत प्रधिकरण मिर्चैया वितरण केन्द्र र लहान वितरण केन्द्र अन्तर्गत लहान र  मिर्चैयाका विभिन्न ठाउँहरुमा  ठूलो संख्यामा विद्युतका पोलहरु ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ । मिरचैया नागपालिकाको सबै ठाउँमा विद्युत आउन १० दिनसम्म लाग्न सक्ने नेपाल विधुत प्रधिकरण मिर्चैयाका प्रमुख शिवराम यादवले जानकारी दिनुभयो ।

यता जिल्लाको सबै ठाउँमा विद्युत पुर्याइसक्न अब महिनौं लाग्न सक्ने अनुमान गरिएको छ । हावाहुरीले सयौंको संख्यामा पोलहरु ढलेको छ । हावाहुरीका कारण विद्युतीय सर्ट भएर ठाउँ–ठाउँमा पंखा, कम्प्युटर, फ्रिज जलेका छन् ।

हावाहुरीले सिरहामा आँप अत्यधिक रुपमा खसेपछि किसानहरु चिन्तित भएका छन् । आँपको रुखमा लागेको चिचिला हावाहुरीले झारेपछि किसानहरु चिन्तित बनेका हुन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया