MENU

अर्थ

ujyaalo forign call inside

चोरखोलामा पाँच मेगावाटको रुकुमगाड हाइड्रोपावर निर्माणको तयारी

रुकुम पूर्व, वैशाख २६ – पाँच मेगावाट उत्पादन क्षमताको रुकुमगाड हाइड्रोेपावरको भौतिक पूर्वाधार निर्माणको तयारी भैरहेको छ ।

सिस्ने गाउँपालिका–५, मा रहेको देउराली ओडार नजिकै विद्युत गृह निर्माण गर्ने गरी हाइड्रोपावर निर्माणको पूर्व तयारीका सबै काम सम्पन्न भैसकेका छन् ।
सिस्ने गाउँपालिका–५, कै चोरखोलामा ड्याम निर्माण गरेर नहरलाई भूमे गाउँपालिका–४, हुँदै देउराली ओडारसम्म पु¥याइने बताइएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेड मार्फत त्यो आयोजना बन्न लागेको हो ।

कम्पनीले हाइड्रो पावरको लागि भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा पहिला सबै काम सकिसकेको  जनाएको छ । वातावरणिय मूल्याङ्कन, ट्रान्समिटर लाइन सर्भे, भौतिक पूर्वधारहरु, ड्याम, नहर र विद्युत उत्पादन गृह निर्माणका लागि जग्गा खरिदको काम सम्पन्न भैसकेको आयोजनाका प्रमुख धु्रव मिश्रले बताउनुभयो ।
उहाँले कम्पनीको तर्फबाट हुने सबै काम लगभग सम्पन्न भैसकेकाले अब भौतिक पूर्वाधार निर्माणका लागि ठेक्का आह्वानको काम बाँकी भएको जानकारी दिनुभयो । 
आयोजना २ वर्ष भित्रै निर्माण गरी सक्ने लक्ष्य राखिएको मिश्रले जानकारी दिनुभयो । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडका ओभरसियर गुरुराज सञ्ज्यालका अनुसार फिल्डको सबै काम लगभग सकिएकोले अबको केही दिन भित्रै हेड अफिसले भौतिक पूर्वाधार निर्माणका लागि ठेक्का मार्फत निर्माण कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ ।

ढिलोमा यही महिनाको अन्तिमदेखि भौतिक पूर्वाधारको काम सुरु हुने बताइएको छ । निर्माण कम्पनीले भौतिक पूर्वाधारको निर्माण कार्य सुरु गरेपछि राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडले निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने छ । त्यसका लागि कम्पनीले कार्यालय समेत निर्माण गरिसकेको छ ।

विद्युत गृह बन्ने देउराली ओडारदेखि सब स्टेशनसम्मको ट्रान्समिटर लाइन सर्भे भएको छ । देउराली ओडारदेखि रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३, धैरेनीचौरसम्मको दूरी २० किलो मिटर रहेको छ । नेपाल विद्युत प्राधिकरणले धैरेनीचौरमा बनाउने सब स्टेशनमा रुकुमगाडको विद्युत जडान गरिनेछ ।

‘रुकुमगाडबाट उत्पादन हुने विद्युत सिधै नेपाल विद्युत प्राधिकरणमा जडान हुने हो, धैरेनीचौरमा बन्ने सबस्टेशनसम्म यो विद्युत पुग्छ’, ओभरसियर सञ्ज्यालले भन्नुभयो, त्यहीबाट विद्युत डिस्ट्रिब्यूट हुने हो ।’ 

विद्युत धैरेनी चौरको सब स्टेशनमार्फत सिधै केन्द्रीय लाइनमा जडान हुनेछ । जिल्लाका लागि आवश्यक विद्युत त्यसै सबस्टेशन मार्फत वितरण गरिने र अरु विद्युत बाहिर पठाइने छ । साविकको रुकुम तथा अहिलेको रुकुम (पूर्व) र रुकुम (पश्चिम)लाई एक मेगावाट विद्युत क्षमताले पुग्ने देखिन्छ । त्यसैले रुकुमगाडबाट उत्पादन हुने विद्युत बाहिर पठाइने सम्भावना धेरै छ ।

अहिले दुवै जिल्लाका सबै ठाउँमा बत्ती नबले पनि एक मेगावाट विद्युत उत्पादन भएको छ । रुकुमगाडबाट विद्युत उत्पादन भएपछि बत्ती नपुगेका ठाउँमा मात्रै विद्युत विस्तार गर्दा झण्डै साढे ४ मेगावाट विद्युत जिल्ला बाहिर बिक्रि हुने सम्भावना छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया