MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​४३ कृषक समूहलाई मोबाइलसँगै कृषि उपकरण वितरण

विमल विष्ट/उज्यालो ।

डोटी, वैशाख २७ – डोटीका विभिन्न ४३ वटा कृषक समूहलाई मोबाइलसहित कृषिसम्बन्धी उपयोगी सामग्री एवं उपकरणहरु वितरण गरिएको छ ।

विश्व बैंकको र नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तरगत जलवायु प्रकोप समुत्थान निर्माण आयोजनामार्फत् सामग्री एवं उपकरणहरु हस्तान्तरण गरिएको हो ।
जलवायु परिवर्तबाट देखिएका कृषि क्षेत्रका समस्याहरु सूचना प्रविधिका माध्यमबाट किसानहरुमा सचेतना जगाई समस्या न्यूनीकरण गर्ने र कृषि उत्पादकत्व बढाउने उद्धेश्यले १५ एमबी डाटासहित सीम र मोबाईल, रेन गेज (वर्षा मापक यन्त्र), थर्माेमिटर (तापमापक यन्त्र) एक÷एक थान वितरण गरिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका लेखा अधिकृत टिकाराम रिजालले जानकारी दिनुभयो ।

उक्त आयोजनाले देशका विभिन्न २५ जिल्लाहरुमा वि.सं. २०७० देखि यस्ता सामग्री एवं उपकरणहरु वितरण गर्दै आएकोमा डोटी अन्तिम जिल्लाका रुपमा रहेको छ । जिल्ला कृषि विकास कार्यालय डोटी अन्तरगत दर्ता भएका २६ वटा कृषक समूह र जिल्ला पशु सेवा कार्यालय डोटी अन्तरगत दर्ता भएका १७ वटा कृषक समूह गरी जम्मा ४३ वटा कृषक समूहलाई सो सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

ती सामग्री र उपकरणहरुको प्रयोगबारे सबै कृषक समूहबाट सहभागी प्रतिनिधिहरुलाई प्राविधिक रुपमा अभिमुखीकरण तालिम पनि दिइएको छ ।
विश्वव्यापी रुपमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा नकारात्मक असर गरिरहेकोले हावापानी र मौसम अनुकूलताका आधारमा कृषि पेशा सञ्चालन गर्न कृषक समूहलाई वितरण गरिएका सामग्री एवं उपकरणहरु उपयोगी हुने जिल्ला कृषि विकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत डा.तपेन्द्रबहादुर शाहले बताउनुभयो ।

जिल्लाका सक्रिय कृषक समूहलाई छानेर ति उपकरणहरु प्रदान गरिएकाले कृषि व्यवस्थापन सूचना लिई किसान समूहले लाभ लिन सक्ने शाहले बताउनुभयो  ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया