MENU

राजनीति

ujyaalo forign call inside

बौद्धिक क्षमता कम भएकाले नेतृत्व गर्दा सिङ्गो समाजले दुख पायो : नेता नेपाल

काठमाडौं, वैशाख २९ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बौद्धिक क्षमता कम भएकाले नेतृत्व गरेकाले सिंगो समाजले दुःख पाएको बताउनुभएको छ ।

ललितपुरको इमाडोलमा शनिबार आयोजित सीतापाखा खानेपानी ट्यांकी शिलान्यास कार्यक्रममा वरिष्ठ नेता नेपालले बौद्धिक क्षमता कम भएकाले नेतृत्व गर्दा सिङ्गो समाजले दुख पाउने गरेको बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले नेपालमा नेतृत्व निकै हल्का ढङ्गले चलेको पनि टिप्पणी गर्नुभयो । बुद्धि नभएकाहरुले ‘अधेँरी नगरी चौपट राजा टके सेर भाजी टके सेर खाजा’ भन्ने उखान जस्तै राजा हरिशचन्द्रको नाटक मञ्चन गरेको तर्क गर्नुभयो ।

उहाँले अपराध गरेका सांसदलाई निलम्बन गर्न नपाइने तर सेवा सुविधा खोसिने प्रावधानसहितको प्रतिनिधिसभा सञ्चालन नियमावलीको मस्यौदा तयार पारिएको भन्दै आपत्ति पनि प्रकट गर्नुभयो ।

नेतृत्वको अदूरदर्शी सोचका कारण कहिलेकाही संविधान र कानून नै प्रभावित हुनसक्ने जोखिम रहेको उल्लेख गर्दे उहाँले अपराधिले उन्मुक्ति नपाउने ढंगले कानूनलाई ठिक ठाउँमा ल्याउनुपर्ने बताउनुभयो ।

नेपालले दलहरुबीचको शक्ति सन्तुलनको बिन्दुका आधारमा संविधान र कानून बन्ने भएकाले शक्ति सन्तुलनको प्रभाव कानून र संविधानमा देखापर्दा कानुनमा समेत त्रुटी हुने बताउनुभयो । 

उहाँले नगरपालिका र उप–महानगरपालिका घोषणामा नेतृत्वको अदुरदर्शीता र शक्ति सन्तुलनको प्रभाव देखिएको टिप्पणी गर्नुभयो । नेता नेपालले कुनै पनि सार्वजनिक हितको निर्णय गर्दा दूरदर्शी सोच र ज्ञानको प्रयोग गर्नसमेत सबैलाई सुझाउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया