MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​कुकुरको टोकाइले भाले रेडपाण्डा मर्‍याे

सुजता सुनुवार/उज्यालो ।

इलाम, वैशाख २९ – इलाममा दुईवटा कुकुरको टोकाइले भाले रेडपाण्डा मरेको छ ।

रेडपाण्डालाई जिल्लाको इलाम नगरपालिका वडा नम्बर–३, पुवामझुवाको ओराले चौर भन्ने ठाउँमा शुक्रबार दुईवटा कुकुरले शिकार गरिरहेको अवस्थामा फेला पारिएको स्थानीयबासिन्दाले बताएका छन् । 

उद्धार गरिएको केही समय पश्चात नै रेडपाण्डा मरेको वडा नम्बर–३, का वडाध्यक्ष तिर्थ गुरुङ्गले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कुकुरले शिकार गरिरहेको अवस्थामा फेला पारिएको यो अनौठो जनावर रेडपाण्डालाई गहिरो चोट लागेको छ भन्ने सोचेनौं । र यो विश्वकै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) हो भनेर समेत चिनेनौं ।’ 

घाँस काट्न जाँदै गर्दा स्थानीय डिम्बाकुमारी गुरुङ्गले कुकुरले शिकार गरिरहेको देखेपछि उद्धार गरेर खबर गरेको जनाइएको छ । त्यसपछि जिल्ला वन कार्यलयमा जानकारी गराइएको वडाध्यक्ष गुरुङ्गको भनाई छ । 

जिल्ला वन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको उच्च पहाडी जडिबुटी उत्पादक संस्थाका प्रतिनिधिको सहयोगमा मरेको रेडपाण्डालाई सदरमुकाम ल्याइएको हो । जिल्ला पशु कार्यालय इलाममा रेपान्डाको पोस्टमार्टम गरिएको  छ । 

पोस्टमार्टमका क्रममा घाँटीमा, अगाडि र पछाडिको खुट्टामा गहिरो चोट लागेको र फोक्सोमा समेत असर परेको देखिएको सहायक जिल्ला वन अधिकृत अमर मण्डलले जानकारी दिनुभयो । 

रेडपाण्डा नेटवर्कको अध्ययनले नेपालको २३ जिल्लामा रेडपाण्डा पाइने देखाएको छ । लजालु र सोझो प्रकृतिको दुर्लभ रेडपाण्डा सामान्यतया २२ सय मिटरदेखि ४५ सय मिटरको उचाईमा पाइने अध्ययनमा देखिएको छ । 

नेपालमा तीन सय पचासको संख्यामा रहेका रेडपाण्डा इलामको जमुना, माइपोखरी, जोगमाई, माइमझुवा र माबुमा मात्र पाइने उच्च पहाडी जडिबुटी उत्पादक संस्थाले जनाएको छ । 

कुकुरले शिकार गरिरहेको अवस्थामा भेटिएपछि भने रेड पाण्डा १७ सय मिटरको उचाईमा रहेको पुवामझुवामा समेत पाइन्छ भन्ने तथ्य खुलेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया