MENU

राजनीति

ujyaalo forign call inside

संसद बैठकमा ओलीले मोदीको भ्रमणबारे जानकारी गराउने

काठमाडौं, वैशाख ३० – संसद बैठक आज बस्दैछ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी गराउनु हुनेछ । 

भ्रमणका बेला भएका उपलब्धिका बारेमा प्रधानमन्त्री ओलीले जानकारी गराउन लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । यस्तै, संसदका दुवै सदनमा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफलले आजदेखि निरन्तरता पाउने छ । 

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका कारण रोकिएको छलफलले आजदेखि निरन्तरता पाउन लागेको हो । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गएको २६ गते आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटका प्राथमिकता तथा सिद्धान्त पेश गर्नु भएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया