MENU

खेल

ujyaalo forign call inside

आईपीएलमा हैदराबादद्वारा चेन्नइलाई १ सय ८० रनको लक्ष्य

वैशाख ३० – आईपीएल क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपरकिङ्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ ।

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएपछि चेन्नइले १ सय ८० रनको लक्ष्य पाएको हो । हैदराबादका शिखर धवनले ७९ तथा कप्तान केन विलियम्सनले ५१ रन बनाए । ४९ बल खेलेका धवनले १० चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै, विलियम्सनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । बलिङतर्फ शार्दुल ठाकुरले दुई तथा ड्वेन ब्राभो र दिपक चाहरले एक एक विकेट लिए । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया