MENU

खेल

सन्दीप बलिङ इकोनोमीको तेश्रो स्थानमा

वैशाख ३० – इंण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा अनुबन्ध भएदेखि नै चर्चामा रहेका सन्दीप लामिछानेको चर्चा डेब्यूपछि झनै चुलिएको छ ।
 
उनले खेल्न पाएर मात्र होइन गज्जप खेलेर धेरेको स्याब्बासी पाइरहेका छन् । डेब्यु खेलमा आफुलाई अब्बल सावित गर्दै सन्दीपले ४ ओभरमा २५ रन दिएर १ विकेट लिए । उनको रन औषतमा ६ दशमलव २५ रह्यो । एकमात्र खेल खेलेका सन्दीप अहिलेसम्म आईपीएलको यो सिजनको किफायती बलरको सूचीमा तेश्रो नम्बरमा छन् ।
पहिलो नम्बरमा रहेको सनराइजर्स हैदराबादका सन्दिप शर्माले ७ खेलबाट ५ दशमलव ३७ को औषतमा बलिङ गरेका छन् । उनले ७ विकेट पनि लिएका छन् । यस्तै दोश्रो नम्बरमा रहेका इश सोधीले ३ खेलबाट ६ दशमलव १८ को औषतमा बलिङ गरेका छन् । 
 

सन्दीपको कन्फिडेण्ट बलिङ 

 
११ खेलसम्म ‘डेब्यू क्याप’ नपाएका सन्दिपले खासगरी, डेब्यू खेलमा ओपनिङ बलरको जिम्मा पाएका १७ बर्षिय सन्दीप अतालिने वा डराउने हुन् कि भन्ने धेरैलाई लागेको थियो ।
 
तर उनी न त हड्बडाए न त रत्तिभर नर्भस नै भए । बेग्लोरका एक समर्थकले त ट्वीटरमा सन्दीपलाई ब्यंग्य गर्दै उनका हरेक बलमा डी भिलियर्सले छक्कैछक्का हान्ने दाबी पनि गरेका थिए । तर उनले पहिलो बलदेखि नै ब्याट्स्म्यानलाई तनाब गराइरहे । 
 
विश्वकै ‘खतरा’ बलरको पनि टाउको दुखाइ बन्ने ब्याट्स्म्यानहरु बिराट कोहली र एभीडी भिलियर्सलाई पनि सन्दीपले दबाबमा राखे । त्यसै भएर अरु बलरलाई धमाधम चुटिरहेका कोहली र डी भिलियर्स सन्दीपसामु भने सतर्क देखिन्थे । फलस्वरुप सन्दिपका पुरा ४ ओभरमा जम्मा ३ वटा मात्र बाउण्ड्री भए, एउटा छक्का र दुईवटा चौका । 
 
पहिलो ओभरमै गुगलीको प्रभाव देखाइसकेका सन्दीपले दोश्रो ओभरमा पार्थिव पटेललाई आउट गराउँदै आफुसँग जोगिएर ब्याटिङ गर्न मनोवैज्ञानिक सन्देश दिइसकेका थिए । उनले डेब्यु गर्दैछन् भन्ने बेला देखि नै प्रशंशा गरिरहेका टीभीका कमेण्टेटरहरु सन्दिपको गज्जप बलिङको प्रशंशा र भविष्यमा केही गर्ने आशा गरिरहेका थिए । 
 
पहिलो खेलको प्रदर्शनका आधारमा सन्दीपले बाँकी दुईवटा खेलमा पनि मौका पाउने र गज्जप बलिङ गर्ने आशा धेरैले गरेका छन् । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया