MENU

अन्तर्राष्ट्रिय

सी जिनपिङ विश्वकै शक्तिशाली, ट्रम्प र मोदी कति औं नम्बरमा ?

काठमाडौं, वैशाख ३० – चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति बन्नुभएको छ ।

विश्वका शक्तिशाली व्यक्तिको सूची प्रकाशित गर्ने पत्रिका फाेर्ब्सले सन् २०१८ का लागि चिनियाँ राष्ट्रपति सी विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति रहेको जनाएको हो ।सी गएको वर्ष फोर्ब्सको सूचीमा चौथो शक्तिशाली व्यक्ति हुनुहुन्थ्यो । चीनको संसदले गएको मार्चमा सी विचारधारलाई अनुमोदन गरेपछि सी झनै शक्तिशाली बनेको फोर्ब्सले जनाएको छ ।

सी विश्वको सबैभन्दा धेरै जनसङ्ख्या र दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको कम्युनिष्ट पार्टीको महासचिव समेत हुनुहुन्छ । भष्ट्राचारको अन्त्य र चीनमा इन्टरनेटमा गरिएको सेन्सरसीपबाट उहाँ थप चर्चित भएको फोर्ब्सले जनाएको छ । 

पुटिन दोश्रोमा 

शक्तिशाली व्यक्तिको दोस्रो स्थानमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पर्न सफल हुनुभएको छ । ६५ वर्षका पुटिन सन् २०१३ देखि २०१७ सम्म लगातार विश्वको सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो ।

 

चौथोपटक रुसको राष्ट्रपति चुनिएका पुटिन दुईपटक राष्ट्रपति भइसकेपछि पनि सन् २००८ मा रुसको प्रधानमन्त्री समेत बन्नुभएको थियो । त्यसपछि कानून परिमार्जन गरेर उहाँ फेरि रुसको राष्ट्रपति बन्नुभएको हो । यूरोपलाई तेल र ग्यास बेच्ने रुस पुटिनको समयमा थप शक्तिशाली भएको छ । अमेरिकाको राष्ट्रपतीको चुनावमा रुसी संलग्नता रहेको विषयमा केही विवादमा परेका पुटिनले त्यसमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आउनुभएको छ ।

ट्रम्प तेश्रोमा

विश्वको सबैभन्दा शक्तिशाली मानिने देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्वको शक्तिशाली व्यक्तिको तेस्रो स्थानमा पर्नुभएको छ । ७१ वर्षका ट्रम्प सन् २०१७ को जनवरीमा अमेरिकाको राष्ट्रपति चुनिनुभएको हो ।

व्यापारीक घरानाका अर्बपति ट्रम्प उग्र भनाईका कारण पटकपटक विवाद र आलोचनाका कारण तल झर्नुपरेको हो । 

चौथोमा मर्केल 

फोर्ब्सको सूची अनुसार विश्वकै चौथो शक्तिशाली व्यक्तिको सूचीमा जर्मन चान्सलर एङ्गेला मार्केल पर्नुभएको छ ।

६३ वर्षकी मर्केल महिलातर्फ सबैभन्दा शक्तिशाली व्यक्ति पनि बन्नुभएको छ । 

बेजोफ पाँचौमा 

शक्तिशाली व्यक्तिको पहिलोदेखि चौथो नम्बरसम्म राजनीतिक व्यक्ति रहेकोमा पाँचौ नम्बरमा भने व्यापारीक व्यक्ति परेको फोर्ब्सले जनाएको छ ।

जसअनुसार व्यापारिक कम्पनी अमेजन डट कमका प्रमुख कार्यकारी अधिकृत ५४ वर्षका जेफ बेजोफ पाँचौ नम्बरमा पर्नुभएको हो । 

सन् २०१७ मा नवौ स्थानमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पनि नवौं स्थानमै कायम रहेको फोब्र्सले जनाएको छ ।

त्यस्तै, दशौ स्थानमा रहेका फेसबुकका संस्थापक मार्क जुकरवर्ग भने यसपटक ३ स्थान तल धकेलिनुभएको छ । ३३ वर्षका जुकरवर्ग यसपटक १३ औं स्थानमा पर्नुभएको हो  ।

फोर्ब्सका अनुसार छौटौ स्थानमा रोमन क्याथोलिक चर्चका ८१ वर्षका पोप फ्रन्सिस पर्नुभएको छ । विश्वका शक्तिशाली व्यक्तिको सातौ स्थानमा बिल एण्ड मेलिण्डा फाउण्डेसनका बिल गेट्स पर्नुभएको छ । विल गेट्स सन् २०१७ मा पनि सातौ नम्बरमै हुनुहुन्थ्यो । 

यसैगरी, आठौं स्थानमा साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान अल साउद पर्नुभएको छ । राजकुमार बिन ३२ वर्षका हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको नवौ शक्तिशाली व्यक्ति रहेको फोर्ब्सले जनाएको छ । ६७ वर्षका मोदी अघिल्लो वर्ष पनि नवौं स्थानमा नै हुनुहुन्थ्यो ।

त्यस्तै १० औं स्थानमा अल्फाबेट कम्पनीका सीईओ ल्यारी पेज हुनुहुन्छ । ल्यारी सन् २०१७ मा फोब्र्सको सूचमा आठौ नम्बरमा हुनुहुन्थ्यो । 
यसैगरी फ्रान्सका राष्ट्रपति ४० वर्षका इम्यानुअल म्याक्रोन १२ औं स्थानमा परेको फोब्र्स पत्रिकाले जनाएको छ । 

बेलायतकी प्रधानमन्त्री टेरिजा मे १४ स्थानमा पर्न सफल हुनुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया