MENU

राजनीति

ujyaalo forign call inside

​मध्यपुरथिमिका मेयरमाथि आक्रमण गर्ने पाँचजना पक्राउ, मुख्य अभियुक्त अझै फरार

भक्तपुर, वैशाख ३० – नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राऊ गर्न माग गरेको छ ।

श्रेष्ठ गएको वैशाख ८ गते शनिबार अपराह्न ४ः३० बजे गठ्ठाघरमा रहेको आफ्नै निवासमा अज्ञात समूहको आक्रमणबाट गम्भिर घाईते हुनुभएको थियो । नेकपा एमालेको भक्तपुर जिल्ला सचिवालय सदस्य एवं नगरप्रमुख श्रेष्ठलाई आक्रमण भएको २३ दिन बितिसक्दा पनि मुख्य आक्रमणकारी पक्राऊ परेको छैन । 

आइतबार एमाले जिल्ला कमिटी भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले प्रधानमन्त्री, गृहमन्त्री, रक्षा मन्त्रीदेखि प्रदेशको मुख्यमन्त्री समेतले प्रहरी र प्रशासनसँग आक्रमणकारीलाई पक्राऊ गर्न दवाव दिँदा पनि अझै पक्राऊ गर्न नसकेकोमा आक्रोस व्यक्त गर्नुभयो । 

दवाव दिँदा पनि प्रहरीले आक्रमणकारीलाई पक्राऊ गर्न नसके एमाले आफैंले खोजी सुरु गर्ने बताउँदै बस्नेतले राजनीतिक संरक्षण र आरक्षण अब अपराधीले नपाउने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘आतंकवादी गतिबिधि गर्ने, संगठित रुपमा आतंक फैलाउने प्रयास गर्दै विप्लब नेतृत्वका माओवादीका कार्यकर्ताले मेयरलाई आक्रमण गरेको प्रहरीबाट जानकारी आएको छ,उहाँले भन्नुभयो, ‘उनीहरु सवार मोटरसाईकल र सहयोगी पाँच जनालाई पक्राऊ गरेको कुरा पनि आएको छ, तर पनि मुख्य आक्रमणकारी पक्राऊ पर्न सकेका छैनन्,प्रहरीले नसके आक्रमणकारीलाई एमाले आफैले खोज्छ ।’

कार्यक्रममा एमाले जिल्ला कमिटी भक्तपुरका कार्यवाहक अध्यक्ष बचन देउजाले आक्रमणमा एमाले र माओवादी केन्द्रको एकता भाँड्न षडयन्त्र गर्नेहरुको संलग्नता हुनसक्ने भन्दै आक्रमणकारीलाई तत्काल पक्राऊ गर्न माग गर्नुभयो । 

एमाले भक्तपुरका प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेतले प्रेस बिज्ञप्ति वाचन गर्दै आक्रमणकारीलाई तत्काल पक्राऊ गर्न माग गर्नुभयो । प्रहरीले गएको १२ गते घटनामा संलग्न रहेको भन्दै पाँचजनालाई पक्राऊ गरेको र घटनामा प्रयोग भएको एक थान मोटरसाइकल ललितपुरको लेलेबाट नियन्त्रणमा लिएको जनाएको छ ।

घटनामा संलग्न सबैको पहिचान भईसकेकाले आक्रमणकारी धेरै दिन फरार हुन नसक्ने दावी गर्दै आएको छ । घटनामा संलग्न रहेको भन्दै विप्लव माओवादी समूहका कुशल बोगटी लगायत अन्य दुईजनाको खोजी भईरहेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया