MENU

खेल

ujyaalo forign call inside

आईपीएलमा चेन्नइको अर्को जित, हैदराबाद ८ विकेटले पराजित

वैशाख ३० – आईपीएल क्रिकेटमा चेन्नई सुपरकिङ्सले सनराइजर्स हैदराबादलाई ८ विकटेले हराएको छ ।

१ सय ८० रनको लक्ष्य १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै चेन्नई विजयी भएको हो । चेन्नइको जितमा अम्बाती रायडुले शतक पुरा गरे । यस्तै शेन वाटशनले ५७ र महेन्द्र सिंह धोनीले नटआउट २० रन बनाए । ६२ बलको सामना गरेका ओपनर रायडुले ७ चौका र ७ छक्का सहित १ सय रन बनाएका हुन् । यस्तै, वाटशनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । 

जितसँगै १२ खेलबाट १६ अंक बनाएको चेन्नइ अंकतालिकाको दोश्रो स्थानमा छ । यससँगै चेन्नईले प्लेअफमा छानिने सम्भावना बलियो बनाएको छ । 
१२ खेलबाटै १८ अंक बनाएको हैदारबाद प्रतियोगिताको प्लेअफका लागि छनोट भइसकेको छ । 

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएपछि चेन्नइले १ सय ८० रनको लक्ष्य पाएको हो । हैदराबादका शिखर धवनले ७९ तथा कप्तान केन विलियम्सनले ५१ रन बनाए । ४९ बल खेलेका धवनले १० चौका र ३ छक्का तथा विलियम्सनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया