MENU

राजनीति

ujyaalo forign call inside

मोदी भ्रमणको प्रसँग उठाउँदै संसदमा ओलीले भने - नागरिकको देशभक्तिलाई धन्यवाद भन्छु (भिडियो)

काठमाडौं, वैशाख ३० - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याएको बताउनुभएको छ । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उहाँले नागरिकको देशभक्ति र देशप्रतिको सजगतालाई धन्यवाद दिनुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग आफूले राष्ट्रिय हितलाई कमजोर हुनेगरी कुनै पनि खालको समझदारी नगरेको पनि स्पष्ट पार्नु भयो । मोदीको नेपाल भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले अव दुई देशबीचको सम्बन्धलाई बराबरीको आधारमा अघि बढाउने वातावरण बनाउन पनि आफू सफल भएको दावी समेत गर्नु भयो । 

मोदीलाई जनकपुरमा गरिएको नागरिक अभिनन्दनको आलोचना गरिएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपालको तराईका भूमि डुबान समस्या समाधान गर्न भारत तयार भएको पनि स्पष्ट पार्नु भयो । भारतीय प्रधानमन्त्री मोदीले वर्षाअघि नै डुबान समस्या समाधानका लागि कार्यदल बनाएर काम गर्ने प्रतिवद्धता जनाउनु भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

उहाँले दुई देश बीच विगतमा गरिएको सहमति आगामी असोज महिना भित्रै कार्यान्वयन भईसक्ने गरी भारतसँग सहमति गरिएको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउनु भएको पनि बताउनु भयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया