MENU

खेल

ujyaalo forign call inside

प्रिमियर लिगको अन्तिम मिनेटमा गोल गर्दै सिटीले बनायो कीर्तिमान

वैशाख ३१ – इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा जित हात पार्दै म्यान्चेष्टर सिटीले एक सय अंकको कीर्तिमान बनाएको छ ।

शनिबार रातिको खेलमा साउथह्याम्टनलाई १–० ले हराएपछि यसअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको सिटीले एकै सिजनमा १०६ गोल र १०० अंकको कीर्तिमान कायम गरेको हो ।

म्यान्चेष्टर सिटीलाई जिताउन खेलको इन्जुरी समयमा ग्राबिएल जिससले गोल गरे । त्यही गोलले सिटीलाई १ सय अंकको कोसेढुंगा भेट्टाएको हो ।

जितपछि दङ्ग परेका सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले आफ्ना खेलाडीले शानदार खेलेको प्रतिक्रिया दिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया