MENU

खेल

ujyaalo forign call inside

चेल्सीले युरोपा कप मै चित्त बुझाउनुपर्ने

वैशाख ३० – साविक विजेता चेल्सी च्याम्पियन्स लिग फुटबलको अर्को सिजनका लागि भने छनोट हुन असफल भएको छ ।

प्रिमियर लिगमा शनिबार रातिको खेलमा आफू अनुकुल नतिजा नआएपछि चेल्सी प्रतियोगितामा पाँचौ भएको हो । अब उसले युरोपा लिग खेल्नेछ । चेल्सी च्याम्पियन्स लिगमा छनोट हुन शनिबार राति लिभरपुल पराजित हुनुपर्ने र उसले न्यू क्यासल युनाइटेडलाई हराउनुपर्ने थियो ।

तर, लिभरपुल विजयी हुनुका साथै आफू न्यू क्यासलसँग ३–० ले पराजित भएपछि प्रिमियर लिगको शीर्ष ४ स्थानमा अटाउने चेल्सीको सम्भावना सकिएको थियो ।

यद्यपी, च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले रियल मड्रिडलाई हराए चेल्सी च्याम्पियन्स लिगका लागि छनोट हुनसक्ने सम्भावना रहन्छ ।

न्यू क्यासल युनाइटेडले भने ४४ अंकसहित १० औं स्थानमा रहँदै प्रिमियर लिगको सिजन अन्त्य गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया